काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः हिजो राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।सरकारबाट सिफारिश भएका ८ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए ।हिजो सोमबारको मन्त्रिपरिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै जारी गर्न पुनः सिफारिश गरेपछि राष्ट्रपति पौडेलले आज जारी गरेका हुन् ।
काठमाडौंः सरकारले हालका २५ मन्त्रालयलाई घटाएर १७ वटामा झार्ने तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघीय सरकारको कार्यबोझ र प्रशासनिक खर्च घटाउन ठुलो प्रशासनिक हेरफेरको तयारी थालेका छन् ।अहिले सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय घटाउने प्रस्ताव पनि रहेको बताइएको छ । स्रोतका अनुसार सरकारले ८ वटा मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने तयारी गरेको छ ।युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अब ‘सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय’ अन्तर्गत राखिने बताइएको छ ।भ
काठमाडौंः आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न अब ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ ।पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेद्वार छनोटका लागि यस्तो मापदण्ड तय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका छन् । उनका अनुसार, चुनावमा उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यले तोकिएको आन्तरिक परीक्षा तथा प्रशिक्षण कार्यक्रम अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ ।सचिवालय बैठकमा ‘स्थानीय तह उम्मेद्वार छनोट रूपरेखा–२०८३’ र ‘महाधिवेशन कार्यविधि–२०८३’ का विषयका साथै ‘संसदीय दलको विधान संशोधन’
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन वटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यी अध्यादेशहरू जारी गर्नुभएको हो ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जारी भएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालयसँग सम्बन्धित ऐनहरू रहेका छन् ।जारी भएका अध्यादेशहरूः१. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३२. सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्
काठमाडौंः सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।सरकारले संवैधानिक परिषद, सहकारी, विश्वविद्यालयलगायत ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।
इटहरी । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू१. देवकरण प्रसाद कलवार (सन्तु), महासमिति सदस्य, कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश२. कोशी प्रदेशका सांसद, पूर
विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको भनी आफ्नो दलको सरकारको विरोध गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीले संविधानको मर्म पालना नगरी अक्षरमा आधारित अध्यादेश ल्याउनु गलत भएको उल्लेख गरेका छन् ।झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको उनको टिप्पणी छ । ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् ।‘यसपटक पनि अध्यादेशको सिफारिस संव
इटहरी । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ ।पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको जनाएको छ ।जसअनुसार कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इञ्चार्जमा महिन्द्र राय यादव, बागमती प्रदेश इञ्चार्जमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेश इञ्चार्जमा श्रीनाथ बराल, लुम्बिनी प्रदेश इञ्चार्जमा चक्रपाणि खनाल, कर्णाली प्रदेश इञ्चार्जमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल छन् ।यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी हितमान शाक्यले र सम्पर्
इटहरी । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन ११ देखि १५ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय सङ्गठनहरूको समायोजन गर्ने निर्णय पनि सो बैठकले गरेको जनाइएको छ ।असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको बताइएको छ ।
काठमाडौंः नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभएको छ । रसाइली संसदीय दल निर्वाचन समितिको संयोजक हुनुहुन्छ ।यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आउनुभएको थियो ।