काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन् । जारी १५औं महाधिवेशनमा उनले उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले युवा नेतृत्वमार्फत् आर्थिक रुपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्ने आजको आवश्यकता भएकोले उम्मेद्वारी दिने जनाएका छन् । देशले अहिले युवा नेतृत्वको खोजी गरिररहेको हुनाले यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरुलाई नेतृत्वमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
चौधरीले आफंनो उम्मेदवारी केवल पदका लागि मात्रै नभई आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन र युवाको आकांक्षालाई सम्बोधन गर्नका लागि भएको बताएका छन् ।


















