राजनीति

    Showing ६१-७० of ८३५ items.
  • फिल्डमा दशकौंदेखि वन नभएका क्षेत्रलाई वनक्षेत्रको परिभाषाबाट हटाइयोस्ः सांसद गणेश कार्की

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले कतिपय वन नभएका क्षेत्रलाई समेत वनक्षेत्रका रूपमा परिभाषित गरिँदा जनताले दुःख पाइरहेको उल्लेख गर्दै त्यसमा संशोधनको माग गर्नुभएको छ ।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै फिल्डमा दशकौंदेखि वन नभएका कतिपय भूभागलाई कागजमा वनक्षेत्रका रूपमा परिभाषित गरिएको भन्दै केही क्षेत्रमा यस्तो समस्या रहेको उहाँले बताउनुभयो ।‘मोरङ–३ को कानेपोखरी बजार स्थापना भएको ६० वर्ष पूरा भयो । आजसम्म त्यो बजार कागजी रूपमा वनक्षेत्रमा पर्छ । १९८३ असार १५ गते दही चिउरा खाएर शुरू भएको बयरवन बजार आज ठ्याक्कै १०० वर्ष १० दिनको भयो । त्यहाँ पनि भूमिको समस्या

    • प्रकाशित मितिः असार २६, २०८३
    • १७१ पटक पढिएको
  • नेकपा पाँचथरको एकता बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न

    फिदिमः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति पाँचथरको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाका प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ, जिल्ला इन्चार्ज सीता लिम्बू र खेलप्रसाद बुढाथोकी लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।जनताका उपलब्धिमाथि प्रहार भइरहेको वर्तमान समयमा त्यसको रक्षार्थ वाम शक्तिहरुको एकता आवश्यक रहेको प्रमुख अतिथि राईले बताउनुभयो ।कार्यक्रममा ४९९ सदस्यीय जिल्ला कमिटीको घोषणा गरी पद तथा गोपनीयताको शपथ गराइएको थियो ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • २०१ पटक पढिएको
  • भोजपुरका गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

    इटहरी ।  सरकारले भोजपुरका गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्थे । सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बनेका हुन् ।सचिव बनेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका कार्की त्यसअघि ल्हासाको महावाणिज्यदूत भएका थिए । कोशी प्रदेश मन्त्रालयमा पनि सचिवको जिम्मेवारी सम्हालेको अनुभव भएका उनले बागमती प्रदेशमा कामु प्रमुखको

    • प्रकाशित मितिः असार २४, २०८३
    • १९२ पटक पढिएको
  • रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    भरतपुरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् ।पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सभापतिमा लामिछानेले मात्र मनोनयन पत्र दर्ता गरेकाले उनी निर्विरोध निर्वाचित भएको बताएका हुन् । लामिछानेको मनोनयनपत्रमा बालेन शाह प्रस्तावक रहेका छन् ।मनोयन दर्तापछि दुवैले निर्वाचन आयोग सचिवालयबाहिर आएर कार्यकर्तामाझ हात हल्लाएका थिए ।संशोधित निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय सदस्यहरूको उम्मेद्वारी दर्ता, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको काम आज रातभरिमा सकिने भएको छ ।संशोधित तालिका अनुसार पार्टी केन्द्र

    • प्रकाशित मितिः असार ९, २०८३
    • १४६ पटक पढिएको
  • रास्वपा सहमहामन्त्रीमा सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले उम्मेद्वारी दिने

    भरतपुरः राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।समानुपातिक सांसद रमेश प्रसाईं र मोरङ क्षेत्र नम्बर १ बाट विजयी यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेद्वारी दिने आज घोषणा गरेका हुन् ।पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । त्यसपछि मात्रै पदाधिकारीहरूमा निर्वाचन हुने बताइएको छ ।रास्वपामा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ । तीमध्ये २ जना मनोनित गर्ने व्यवस्था छ ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • २३७ पटक पढिएको
  • रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश बिष्ट विजयी, अन्य पदाधिकारी सर्वसम्मत

    धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजित गरी विजयी हुनुभएको छ । बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी, सहमहामन्त्रीमा जसु भट्ट र पारस बाहुन, प्रवक्तामा तेज ठकुल्ला र कोषाध्यक्षमा गणेश बोहरा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।सहमहामन्त्री बनेका पारस बाहुन यसअघि महामन्त्री हुँदा पार्टीमा गुटबन्दी गरेको आरोपमा उनलाई तत्कालीन समयमा महामन्त्रीबाट रास्वपाले बर्खास्त गरेको थियो ।

    • प्रकाशित मितिः असार ४, २०८३
    • २७० पटक पढिएको
  • रास्वपाको कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

    सुर्खेतः राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का २८८ मत ल्याएर विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत ल्याउनुभएको थियो । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो ।अधिवेशनमा ५३० जना प्रतिनिधि सहभागी भए पनि निर्वाचनमा सबै सहभागी भएका थिएनन् ।

    • प्रकाशित मितिः असार ३, २०८३
    • २२९ पटक पढिएको
  • रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

    बुटवलः  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । पहिलो चरणमा ५१ प्रतिशत मत नपुगे पनि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले शालिकरामलाई समर्थन गर्नुभएको थियो ।सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत पाउनुभएको थियो ।८४३ मतदाता मध्ये ५५२ जनाले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २६४ पटक पढिएको
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ ।निवर्तमान प्रदेश सभापति तथा नुवाकोट २ बाट प्रतिनिधि सभामा निर्वाचित अच्युतम लामिछानेलाई अर्यालले दुई मतले पराजित गर्नुभएको हो । अर्यालले ४१६ मत ल्याउँदा लामिछानेले ४१४ मत ल्याउनुभएको थियो ।नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरणमार्फत मतदान गराइएको थियो । हेटौंडा निवासी अर्याल बागमती प्रदेश समितिका प्रवक्ता हुनुहुन्थ्यो ।रास्वपा बागमतीमा चार जना सभापतिका आकांक्षी देखिए पनि अन्तिममा दुई जनामात्रै प्रतिस्पर्धी मैदानमा खडा हुनुभएको थियो ।यसअघि सम्पन्न कोशी प्रदेश अधिवेशन तथा गण्डकी प्रदेश अधिव

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १८५ पटक पढिएको
  • रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी

    पोखराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी अन्य तीन उम्मेद्वारलाई पछि पार्दै निर्वाचित हुनुभएको छ ।शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि ४ जनाले उम्मेद्वारी दिएका थिए । त्रिपाठीले २३४ मत पाएका थिए । निवर्तमान सभापति प्रतिनिधि सभा सांसद राजन गौतमले १८२ मत पाएका थिए । सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले २ मत पाएका थिए ।७८० अधिवेशन प्रतिनिधिमध्ये ४३७ जनाले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • १८३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल