राजनीति

    Showing ७१-८० of ७७२ items.
  • प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन भोलि हुने

    इटहरी ।  भोलि चैत २७ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ ।हिजो बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उनले बताए ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १२१ पटक पढिएको
  • यस्ता छन् हर्क साम्पाङले प्रधानमन्त्रीसमक्ष राखेको मागपत्रका बुँदा

    धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रातो किताबमा योजना समावेश गर्न भन्दै मागपत्र बुझाएका छन् । मागपत्रको मुख्य बुँदा धरान, वराहक्षेत्र र रामधुनीको खानेपानी समस्या समाधान रहेको छ ।आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न माग गर्दै साम्पाङले ३७ बुँदे मागपत्र बुझाएका हुन् ।यस्ता छन् मागपत्रका बुँदा र मागपत्रमा उल्लेख भएका योजना माग गर्नुको कारणः१. सप्तकोशी धरान खानेपानी आयोजना प्राथमिकतामा पारिनुपर्ने ।कारणः धरान–२०, धरान–४, धरान–१४, धरान–५, धरान–६, धरान–१७ को पट्नाली र खैरेनीलगायतका धरानको मुख्य समतल आवासीय र बजार क्षेत्रल

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ८२ पटक पढिएको
  • यस्तो छ मन्त्रीहरुको पहिलेको र अहिलेको मर्यादाक्रम

    इटहरी ।  मन्त्रिपरिषद गठन भएको दुई साता नबित्दै मंगलबार मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरिएको छ ।मर्यादाक्रममा गल्ती भयो भन्ने कुरा पहिलो दिन नै उठेको र मन्त्रिपरिषदकै केही सदस्यले अघिल्लो चोटि रास्वपा सरकारमा गएका बेला मन्त्री भइसकेका विराजभक्त, शिशिर लगायतलाई वरीयतामा तल राखेर भर्खरै पार्टी प्रवेश गरेका वा पहिलोचोटि मन्त्री भएकाहरूलाई माथि राखिएकोमा प्रश्न उठाएका थिए ।अहिले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको सहमतिमा पार्टीको वरिष्ठता, अघिल्लोचोटि मन्त्री भएको, नभएको र अन्य राजनीतिक योग्यताका आधारमा नयाँ मर्यादाक्रम तोकिएको बताइएको छ ।अर्थमन्त्री डा. स्वर्णि

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १२० पटक पढिएको
  • मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पुगे पाँचौँ क्रममा

    काठमाडौंः सरकारले संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । योसँगै यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् ।प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । पाँचौँ वरियतामा गृहमन्त्री सुधन गुरुङ रहेका छन् ।छैटौँ वरियतामा भौतिक पूर्वाधार तथा यातायात; सहरी विकासमन्त्री सुनिल लम्साल रहेका छन् । साताँै वरियतामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम रहेकी छिन् ।आठौँ वरियतामा महिला, बालबालिका त

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १६६ पटक पढिएको
  • सकियो कोशी प्रदेशसभाको चालु आठौं अधिवेशन

    विराटनगरः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्नुभएको छ । कोशी प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८२ चैत २३ गतेको सिफारिशअनुसार अधिवेशन अन्त्य भएको विज्ञप्ति जारी गरिएको हो ।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा चैत २३ गते सोमबार राति १२ बजेदेखि प्रदेशसभाको चाल आठौं अधिवेशन अन्त्य गरिएको जानकारी दिइएको छ ।प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ९४ पटक पढिएको
  • सरकारले २८ खर्ब विदेशी ऋण लिने भएपछि हर्क साम्पाङले सामाजिक सञ्जालमा यसरी गरे विरोध

    इटहरी । सरकारले २८ खर्ब विदेशी ऋण स्वीकार गर्ने निर्णय गरेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले त्यसको विरोध गरेका छन् । मन्त्रिपरिषद् बैठकलाई कोठे बैठकको संज्ञा दिँदै सरकारले पुरानै सरकारको जस्तै गरी निर्णय गरेको बताएका हुन्आइतबार बसेको मन्त्रिषरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर (२८ खर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेपछि अध्यक्ष राईले सो निर्णयको विरोध गरेका हुन् ।सरकारले विदेशी ऋण लिएर डिजिटल कुरामा लगानी गर्नुभन्दा नागरिकका आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको विकासका लागि सबैभन्दा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १२४ पटक पढिएको
  • ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछः गृहमन्त्री गुरुङ

    काठमाडौंः गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म प्रहरीलाई काम गर्न नै नदिएर हतकडी लगाइएको रहेछ भन्ने भाव भएको स्टाटस सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।आज बिहान पोस्ट गरिएको सो पोस्टमा लेखिएको छ, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ । गृहमन्त्री बनेकै रात गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गराएका थिए । भ्रष्टाचार प्रकरणमा राजनीतिक तथा व्यापारिक साम्राज्य चलाएकाहरू पनि धमाधम पक्राउ पर्न थालेका छन् ।सोही सन्दर्भमा गृहमन्त्रीको पछिल्लो भनाइ आएको अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १३९ पटक पढिएको
  • दुवै सदनको बैठक आज बस्दै

    काठमाडौंः आज संघीय संसद्को दुवै सदनको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेश हुनेछ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न सवा १२ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १३१ पटक पढिएको
  • उपसभामुखमा श्रम संस्कृतिले महिला उम्मेद्वारी दिने

    इटहरी ।  प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले उपसभामुखका लागि आफूहरूले महिला उम्मेद्वार खडा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।नयाँ पार्टी रास्वपाले अर्काे नयाँ पार्टी श्रम संस्कृतिलाई साथ दिने अपेक्षा व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेको छन्, ‘सभामुख निर्विरोध चयन हुनुभएकोमा बधाइ दिइसक्यौँ । अब उपसभामुख चयनको निर्वाचन हुँदै छ । हामी महिला उम्मेदवार खडा गर्दै छौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९ ?सभामुख पदमा रास्वपका उपाध्यक्ष डोलप्रसाद अर्यालको मात्रै उम्मेद्वारी परेकाले

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १६३ पटक पढिएको
  • प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

    इटहरी ।  फागुन २१ गते निर्वाचित सांसदहरु सहभागी प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ । सभाको अन्त्यमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराएका छन् ।‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।चैत २२ गते प्रतिनिधि सभाको सभामुख चयन गर्ने कार्यतालिका छ ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १४८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल