धनकुटाः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत धनकुटामा सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट ‘क’ मा नेपालधन राई र ‘ख’ मा प्रेम भण्डारीको नेतृत्वमा क्षेत्रीय कार्यसमिति चयन भएको छ । ‘क’ को कार्यसमिति निर्विरोध चयन भएको हो भने ‘ख’ मा सभापति र सचिव पदमा निर्वाचन भएको थियो ।

प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा नेपालधन राई निर्विरोध निर्वाचित हुनुभएको छ । उपसभापतिमा दिलकुमार राई, सचिवमा कमलप्रसाद बराल, सहसचिव (महिला) मा रेजिना हिमाङ र सहसचिव (खुला) मा रुजान राई पनि निर्विरोध चयन हुनुभएको छ ।

क्षेत्र ‘ख’ को सभापतिमा प्रेम भण्डारी र सचिवमा वीरबहादुर थापा निर्वाचित हुनुभएको छ । सभापति पदमा भण्डारीले विष्णु पौडेललाई तथा सचिव पदमा थापाले विवश श्रेष्ठलाई पराजित गर्नुभएको हो । उपसभापतिमा तेजकुमार श्रेष्ठ, सहसचिव (महिला) मा सृजना काफ्ले र सहसचिव (खुला) मा दीपक बुढाथोकी निर्विरोध चयन हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधितर्फ धनकुटाबाट ३३ जना चयन भएका छन् । खुलातर्फ दिनेश राई, विजयसन्तोषी राई, सिद्धार्थ थापा, हरिकुमार राई, ज्ञानबहादुर गुरुङ, अग्निप्रसाद पौडेल, ध्रुवराज रायमाझी, नवीनकिशोर शाक्य, निर्मलप्रसाद ओझा र मनोहरनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

हरिकुमार राई, अग्निप्रसाद पौडेल र मनोहरनारायण श्रेष्ठ कांग्रेस धनकुटाका पूर्वसभापति हुनुहुन्छ । दिनेश राई वर्तमान जिल्ला सभापति हुनुहुन्छ ।

महिला खुलातर्फ अम्बिका धमला, इन्दिरा थापा (कटुवाल), लीला सुब्बा र सुमना तिम्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । श्रमिकतर्फ भीमबहादुर थापा तथा पेशागत विषय विज्ञतर्फ प्रकाशकुमार राई (थुलुङ) निर्वाचित हुनुभएको छ ।

युवा महिलातर्फ प्रीति राई निर्विरोध तथा युवा खुलातर्फ करुणा कटुवाल र गोविन्द लिम्बू निर्वाचित हुुनुभएको छ । कटुवाल नेपाल विद्यार्थी संघकी केन्द्रीय सभापति हुनुहुन्छ ।

अपांगता समूहबाट विक्रम ढकाल, अल्पसंख्यकतर्फ तीर्थ राई (वान्तवा), दलिततर्फ हरिकुमार दियाली (विश्वकर्मा) तथा प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्वपीडिततर्फ आनन्दकुमार सन्तोषी राई निर्विरोध चयन हुनुभएको छ ।

समानुपातिकतर्फ दलितबाट शिवराज विश्वकर्मा, आदिवासी जनजातितर्फ जुना श्रेष्ठ, आदिवासी जनजाति महिलातर्फ निरुपा राई (आठपहरिया) र हिमाकुमारी चेम्जोङ तथा आदिवासी जनजाति खुलातर्फ अशोक राई निर्वाचित हुुनुभएको छ । चेम्जोङ नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हुनुहुन्छ ।

प्रदेश सभा क्षेत्र ‘क’ बाट महिला क्लस्टरतर्फ कृष्णमाया श्रेष्ठ र झरिला उप्रेती (रिजाल) निर्विरोध चयन हुनुभएको छ । खुलातर्फ खड्गबहादुर लिम्बू, गजेन्द्रकुमार फागो, चिन्तामणि पौडेल, नगेन्द्रबहादुर तामाङ, भूपेन्द्र भण्डारी, भूपेन्द्र राई, मीनबहादुर कार्की र सपन श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ ।

पेशागत विषय विज्ञतर्फ लोकबहादुर खड्का, युवा महिलातर्फ सृष्टिका राई, युवा खुलातर्फ रामकुमार राई, श्रमिकतर्फ रत्नबहादुर बस्नेत, जनआन्दोलन सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फ निर्मला थापा, दलिततर्फ रविन्द्र नेपाली र अल्पसंख्यकतर्फ जितेन्द्र राई पनि निर्विरोध चयन हुनुभएको छ ।

समानुपातिक आदिवासी जनजाति महिलातर्फ गंगामाया लिम्बू र संगीता राई, आदिवासी जनजातितर्फ देवेन्द्रबहादुर राई, बुद्धबहादुर तितुङ र साजन राई तथा खस आर्यतर्फ दुर्गा सुवेदी चयन हुनुभएको छ ।

क्षेत्र ‘ख’ बाट महिला क्लस्टरतर्फ इन्दिरा कार्की र लक्ष्मी कार्की तथा खुलातर्फ गंगादेव राई, झडेन्द्र खतिवडा, टंकबहादुर भट्टराई, तिलबहादुर महत (तिलक), मदन घिमिरे, युवराज पराजुली, राजेन्द्रप्रसाद पौडेल र विश्वनाथ दाहाल निर्विरोध चयन हुुनुभएको छ ।

पेशागत विषय विज्ञतर्फ डम्बरबहादुर पौडेल, युवा महिलातर्फ सोनी बुढाथोकी, युवा खुलातर्फ सविन चापागाईं, अपांगता क्लस्टरतर्फ कपिलराज थापा र श्रमिकतर्फ लीलाबल्लभ घिमिरे पनि निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै, जनआन्दोलन सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फ केदारप्रसाद घिमिरे, दलिततर्फ इन्द्र दर्नाल, अल्पसंख्यकतर्फ पुनबहादुर राई, समानुपातिक आदिवासी जनजातितर्फ भरत श्रेष्ठ र लेखबहादुर गान्छाकी तथा समानुपातिक खस आर्यतर्फ गीता कार्की र चिरञ्जीवी थापा चयन हुनुभएको छ ।

धनकुटाका दुई प्रदेश सभा निर्वाचन क्षेत्रबाट ४४ जना प्रदेश अधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको छ ।