दुलारीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ बाट कमला ओझा दंगाल (मनिता) ले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय दंगाल सफल व्यवसायीका रूपमा समेत परिचित हुनुहुन्छ । व्यवसायसँगै सामाजिक गतिविधि र संगठनात्मक काममा सक्रिय रहँदै आउनुभएकी उहाँले पार्टीको महाधिवेशनमार्फत् आफूलाई थप जिम्मेवारीमा अघि बढाउने उद्देश्यसहित उम्मेद्वारी दिएको जनाउनुभएको छ ।
‘एकता, संवाद र समृद्धि’ लाई आफ्नो मूल भावनाका रूपमा अघि सारेकी दंगालले संगठनलाई थप सुदृढ बनाउने, महिला तथा युवा सहभागिता बढाउने र कार्यकर्ताको आवाजलाई प्राथमिकताका साथ उठाउने विषयलाई आफ्नो अभियानमा जोड दिनुभएको छ ।
यसैबीच, दुई पक्षबीच आज भएको झडपका कारण मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन प्रक्रिया स्थगित भएको छ ।


















