इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ।आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ । तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयम
इटहरी । एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अस्वीकार गरेका छन्।चुनावी तालमेलका विषयमा ओली र दाहालबीच टेलिफोन संवाद भएको थियो । तर, नेकपाले देशभर १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले मनोनयन दर्ता गरी प्रचारप्रसार सुरु गरिसकेको भन्दै तालमेल सम्भव नभएको जवाफ दिएको छ ।नेकपाका निर्वाचन प्रचारप्रसार समिति संयोजक अग्नि सापकोटाका अनुसार, ‘एमालेबाट तालमेलको प्रस्ताव आएको हो । हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर युद्धस्तरमा प्रचारप्रसार थालिसकेका छौ
खोटाङ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबह
बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतड
विराटनगर, — विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज आयोजित विशेष समारोहका बीच नयाँ पुस्ताको लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 औपचारिक रूपमा सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रमुख अतिथिका रूपमा उपस्थित भई उक्त गाडीको भव्य अनावरण गर्नुभएको हो।विराटनगरका लागि iCAUR सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि. ले सार्वजनिक गरेको यस गाडीको सुरुवाती मूल्य रु. ४९.९९ लाख तोकिएको छ। कार्यक्रममा शारडा ग्रुपका निर्देशक प्रदीप शारडा, SPG अटोमोबाइल्स प्रा.लि. का सहायक महाप्रबन्धक आशिष दाहाल, ग्राहकहरू, अटोमोबाइल क्षेत्रका प्र
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी–६ भदौरेका बासिन्दाले न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म आगामी प्रतिनिधि सभाको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्।एक महिनाभित्र चार जनाको हत्या भएपछि गाउँका नागरिकहरूले असुरक्षाको माहोलमा बस्न असम्भव भएको बताउँदै गाउँलेहरू काठमाडौं र धरानतिर पलायन सुरु गरेका छन् भने बाँकी बासिन्दा दुई/तीन घर मिलेर एकै ठाउँमा सुत्न बाध्य भएका छन्।समाजसेवी सन्तोषकाजी कार्कीका अनुसार किसानका गोठबाट खसी–बोका समेत चोरी भएका छन् र सरकारले नागरिकको सुरक्षा सुनिश्चित नगरेको भन्दै उनीहरू आगामी २१ फागुनको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन्।भदौरेको बोहोरे टोलमा एक साता अघि ८१ व
इटहरी । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको दाबी गर्दै अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार गौतमले सिंहदरबारमा आगजनी गरेको बताउँदै सार्वजनिक रूपमा अभिव्यक्ति दिएको र अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने गतिविधिमा संलग्न रहेको आधारमा पक्राउ गरिएको हो । उनी भीडलाई उत्तेजित बनाउने किसिमका अभिव्यक्ति दिने अपराधमा संलग्न रहेको प्रहरीको भनाइ छ।गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५
इटहरी ।प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए । बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ ।ओली निकट स्रोतका अनुसार, बैठकको क्रममा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने सुनिश्चितता, साथै एकै चरणमा निर्वाचन सञ्चालन गर्ने विषयमा सरकारलाई सुझाव दिइएको थियो। प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा निर्वाचन गर्ने बारे समझदारी भएको स्रोतले जनाएको छ ।
इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ-६ का मतदातासँग चुनावी सभा गर्दै आफ्नो एजेन्डा र जेनजीको प्रदर्शनमा उठाइएका मुद्दा एउटै भएको बताएका छन् ।डा. कोइरालाले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि उठाएका माग ०६४ सालदेखि निरन्तर प्रस्तुत गर्दै आएको बताएका हुन् । 'नेपाली कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो। जेनजीले पनि यही उद्देश्यका लागि काम गरिरहेका छन्,' उनले भने।उनले ०६४ सालको चुनावमा जाहेर गरेका प्रतिज्ञा पढ्दा अहिलेको एजेन्डा र मेल खाने पुष्टि हुने बताए । डा. कोइरालाले युवालाई स्थानीय चुनावमा ४० प्रतिशत र संघीय चुनावमा २० प्रतिशत प्रतिनिधित्व दिने विषयमा
इटहरी । आजदेखि लागू हुने गरी नेपाल टेलिकमले ‘वार्षिकोत्सव अफर’ सार्वजनिक गरेको छ । टेलिकमले मोबाइल सेवा, एफटीटीएच र डेटा प्याकेजहरूमा विशेष सहुलियत घोषणा गरेको हो ।२२ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले प्रिपेड सिम कार्ड १४ फागुनसम्म अर्थात् २२ दिनका लागि २२ रुपैयाँमै उपलब्ध गराउने भएको छ । यसअघि सो सिमलाई १०० रुपैयाँ पर्दथ्यो ।त्यस्तै एफटीटीएच प्याकेज जडान गर्दा लाग्ने शुल्क एक महिनासम्म निःशुल्क गरिएको छ । यसअघि कम्पनीले सबै एफटीटीएच प्याकेजहरूमा नयाँ जडान गर्दा ५०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।वार्षिकोत्सवकै अवसर पारेर टेलिकमले २२२ रुपैयाँमा २२ दिनको लागि २२ जीबी डेटा अफर ल्याएको छ । य