इटहरी । विराटनगरमा आयोजित सभामा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किराती समुदायको आस्थाको केन्द्र खुवालुङलाई क्रेन प्रयोग गरेर फुटाउने घोषणा गरे। उनले भनेका थिए, 'स्टिमर चढेर चतराबाट एघार मिनेटमै भोजपुर पुग्न र भोजपुरबाट एघार मिनेटमै चतरा फर्किन बाधा बनेको एउटा ढुङ्गो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दैछौं।'प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि किराती समुदाय गम्भीर रूपमा आन्दोलित भयो। खुवालुङको विषय राष्ट्रिय बहसमा आयो। ८ फागुन २०७७ मा विराटनगरमै ओलीले फुटाउने घोषणा गरेको खुवालुङमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बाल
इटहरी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुमामा कालोबजारी गर्ने माथि निगरानी सुरु गरेको जनाएको छ । विभागले कालोबजारी गर्ने माथि हदैसम्मको कारबाहीको तयारी गरेको जनाएको छ ।बजारमा सामाग्री आपूर्तिमा कालोबजारी गर्ने, मूल्य वृद्धि गर्ने र नाफा बढी राखेर आपूर्ति गर्ने माथि निगरानी सुरु गरेको जनाएको छ । राजनीतिक आडमा हुने गरेका गतिविधि अव व्यवसायीहरूले नगर्न समेत भनेको छ । सामाग्रीहरू उत्पादक कम्पनी, वितरक र आपुर्तीकर्ताहरुले बजारमा ठगी गर्ने गरेको पाइएको विभागको निष्कर्ष छ ।उपभोक्ता माथि यसरी हुने गरेको ठगी नियन्त्रण गर्न विभागले कुनै कसुर बाँकी नराख्ने विभागले जारी गरे
झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक वातावरण थप रोचक बनेको छ ।यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) बाट निवर्तमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान
काठमाडौँ । काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए।उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् ।
काठमाडौंः पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज बिहान न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।स्वर्गीय भट्टराईको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
विराटनगर । कोशी प्रदेशमा पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति, निजी क्षेत्रको नेतृत्व र सरकार–निजी–समुदायबीचको सहकार्य अपरिहार्य रहेको निष्कर्षका साथ ‘कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रम सम्पन्न भएको छ। इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा विराटनगरस्थित पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सभाहलमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, शैक्षिक संस्थाका विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै सहजीकरणकर्ता बसन्त अधिकारीले नेपालका प्रतिस्पर्धात्मक सबल पक्षहरूका रूपम
इटहरीः नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी तथा कान्तिपुर टेलिभिजनका व्यापार प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारीबीच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता भएको छ ।फागुन ७ गते इटहरीको सोल्टी वेस्ट्रन होटलमा कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड – २०२६ आयोजना हुँदै छ । प्रदेशकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डका रुपमा सो अवार्डलाई दाबी गरिएको छ ।कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्द
इटहरी । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।उनले विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको पाइएपछि पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्रामको सुन फेला परेको हो ।
इटहरी । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरुपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन् । बुधबार काठमाडौंमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरुपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरुपयोग हुनसक्ने आङ्कलन गरेर पहिचान गरिसकेको बताएका हुन् ।प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको सङ्लिएको माहौललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताए ।उनले विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकले ग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा चुनाव फागुन २१ गते हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले चुनाव दुई चरणमा नगर्ने सरकारलाई सुझाव दिएका हुन् ।उनले भने, 'चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो । यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।"उनले केही व्यक्तिहरूले अझै चुनाव हुने कि नहुने भन्ने आशंका राखिरहेको उल्लेख गर्दै तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताए । प्रचण्डले स्वच्छ र ध