इटहरी । आज घरघरमा खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको विश्वास गरिन्छ । रोपाइँ सकिएको वा सकिन लागेको समयमा र गाईवस्तुले प्रशस्त दूध दिने समयमा खीर खाने चलन चलेको हुन सक्ने अनुमान गरिन्छ ।धानको चामल, साबुदाना, सेवइ, मकै, गाँजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।२०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खी
काठमाडौंः प्रधानमन्त्री बालेन शाहले सुनसरी, सिरहा लगायत देशका पूर्वी जिल्लाहरूमा उत्पन्न तनावबारे राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्नुभएको छ ।प्रधानमन्त्री शाहले परिस्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको बताउनुभएको छ । दोषीलाई कडा कारबाही गर्न छानबिन समिति गठन गरिएको र यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको छ । घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ ।घटनामा भएका घाइतेहरूको उपचारमा कुनै प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको पनि उहाँले ब
इनरुवाः गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता आज सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज जाने हुनुभएको छ । उहाँहरूले आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका दुवै परिवारका सदस्यसँग भेटघाट गर्ने बताइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेट गरेपछि उहाँहरू घटनास्थल जाने हुनुभएको हो । गृहमन्त्री गुरुङले साउन १० गते भएको झडपमा ज्यान गुमाएका देवानगञ्ज–४ का ओमप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम छ । साथै, सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइ
लहानः सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।उता, सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
लहानः सुनसरीमा आइतबार राति भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शनका क्रममा भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी छ ।प्रशासनले अहिले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
इनरुवाः सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । योसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार चिकित्सकले मेहतालाई दिउँसो १ बजेर मिनेट जाँदा मृत घोषणा गरेका थिए ।सो झडपमा गोली लागेर घाइते भएका अन्य ८ जनाको अहिले विराटनगरका न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सो झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
इटहरी । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ गर्न महत्त्वपूर्ण छ ।सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बँधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शो
इटहरी । आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाइन्छ ।अहिलेको व्यस्त जीवनमा मानसिक तनाव र समस्याबाट छुट्कारा पाउन मित्रतारूपी औषधिले शान्ति प्रदान गर्दछ । त्यसैले त संसारमा मित्र नभएको व्यक्ति हुँदैन । मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले शुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने अवधारणा अघि सारेका थिए । शुभकामना कार्ड छाप्ने उनले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि भएको
इटहरी । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा किनबेच भइरहेको छ ।
इटहरी । आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ । यही दिवसको अवसर पारेर नेपालमा हालै सम्पन्न बाघ गणनाको नतिजा सार्वजनिक गरिने भएको छ ।कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्ने भएको हो । नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको संख्या ३५५ छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३