समाचार

    Showing ५४१-५५० of ६,००६ items.
  • आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । सो प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १११ पटक पढिएको
  • आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    इटहरी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । सो प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थ

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १६५ पटक पढिएको
  • इन्द्रपुर समस्त भजन सञ्जालद्वारा विविध धार्मिक कार्यक्रम

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित इन्द्रपुर समस्त भजन सञ्जालले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार काली मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा भजन–कीर्तन, धार्मिक प्रवचन तथा सामूहिक आध्यात्मिक गतिविधि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न भजन टोलीले भजन प्रस्तुत गरेका थिए ।समाजमा नैतिकता, सद्भाव र मानव सेवाको महत्वबारे धार्मिक प्रवचनमार्फत् चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ९९ पटक पढिएको
  • जङ्गलमा बेवारिशे अवस्थामा फेला परेको नवजात शिशु जिम्मा लगाइयो निःसहाय बालबालिका सेवा आश्रमलाई

    तरहराः इटहरी–२० तरहरास्थित जंगलमा घाँस काट्न गएकी महिलाले झाडी छेउमा एक नवजात शिशु फेला पारिन् ।ती महिलाले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर अत्यन्त सावधानीपूर्वक नवजात शिशुको उद्धार गरी शिशुलाई उपचारका लागि इटहरी अस्पताल लगियो ।उपचारका क्रममा चिकित्सकहरूले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत् शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ ।शिशु कसले जङ्गलमा छोडेको हो भन्ने विषयमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २१९ पटक पढिएको
  • देशभरका सुकुम्बासीको बृहत् प्रदर्शन बुटवलमा

    बुटवलः नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा देशभरका सुकुम्बासीले आज रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् । सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग छ ।बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन शुरु भएको प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्बासी सहभागी भएको बताइएको छ ।दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका करिब १२ लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १६३ पटक पढिएको
  • आजदेखि गङ्गा दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड स्नान शुरु

    विराटचोकः रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला शुरु भएको छ ।गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको विशेष मेला १० दिन लाग्ने गर्दछ । मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।निलाद्री पर्वत अर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट ४ हजार ३८० मिटरको उचाइमा रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ ।कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि एक पटक गोसाइँकुण्ड पुग्नै

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १८२ पटक पढिएको
  • आज सगरमाथा आरोहणमा बने दुई कीर्तिमान, कामीरिता र लाक्पा शेर्पाले तोडे आफ्नै नाममा रहेका अघिल्ला कीर्तिमान

    इटहरी । आज सगरमाथा आरोहणमा दुई कीर्तिमान बनेका छन् ।सगरमाथा आरोही कामीरिता शेर्पा र लाक्पा शेर्पाले आफ्नै नाममा रहेको कीर्तिमानी तोड्दै नयाँ कीर्तिमानी बनाउनुभएको हो । कामीरिताले विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने आरोहीको र लाक्पाले धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको नाममा कीर्तिमानी बनाउनुभएको हो ।पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयका अनुसार आज बिहान १० बजेर १२ मिनेट जाँदा कामीरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । उहाँले सगरमाथा आरोहणमा धेरै पटक सगरमाथा चढ्ने व्यक्तिको आफ्नै रेकर्ड तोड्नुभएको हो । यसअघि २०८२ साल जेठमा उहाँले ३१ औं पटक सगरमाथाक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २४६ पटक पढिएको
  • आजदेखि पुरुषोत्तम महिना अर्थात् अधिकमास (मलमास) शुरु

    इटहरी ।  प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने अधिकमास अर्थात् मलमास आजदेखि शुरु भएको छ । पुरुषोत्तम पनि भनिने मलमास असार १ गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई मलमास वा अधिकमास भनिन्छ । ज्योतिषीय गणनाअनुसार सौर र चान्द्र वर्षबीच समन्वय मिलाउन अधिकमास पर्ने गर्दछ । धार्मिक मान्यताअनुसार मलमासलाई ‘पुरुषोत्तम मास’ पनि भनिन्छ । भगवान् श्रीकृष्णले आफ्नो नामबाट चिनिने वरदान दिएपछि यो महिनालाई पुरुषोत्तम मास भनिएको विभिन्न धर्मग्रन्थमा उल्लेख छ ।अधिकमासमा नित्य पूजा, जप, ध्यान, पाठ तथा पह

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १६४ पटक पढिएको
  • देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने

    इटहरी ।  पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आज देशका धेरै स्थानमा वर्षा र हिमपात हुने अनुमान छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।मधेस प्रदेशसहित

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १८५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल