समाचार

    Showing ५७१-५८० of ६,००६ items.
  • ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस मनाइँदै

    इटहरी ।  आज मे ८ तारिकका दिन विश्वभर विश्व रेडक्रस दिवस मनाइन्छ । यस वर्ष ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ आज विश्वभर विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस मनाइँदैछ ।प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो । सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो । सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो ।मे ८ लाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएक

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १८६ पटक पढिएको
  • सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिश

    काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरिएको हो ।संवैधानिक परिषद्को बैठकमा सभामुख डोलप

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १५४ पटक पढिएको
  • बाढीका कारण बन्द बीपी राजमार्ग खुल्यो तीन दिनपछि

    काभ्रेः आज बिहानदेखि बीपी राजमार्गमा यातायातका साधन चल्न थालेका छन् । बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको हो ।जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यकबाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशीखोलामा आएको बाढीले बाटो बन्द भएको थियो ।वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १९९ पटक पढिएको
  • पश्चिमी र स्थानीय वायुले चट्याङसहित वर्षा गराउने

    इटहरी ।  पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात साथै बाँकी तर

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १७० पटक पढिएको
  • इन्टरपोलले देउवा दम्पत्तिविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा माग्यो थप कागजात

    काठमाडौंः इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि थप कागजात माग गरेको छ ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्युरो) काठमाडौंसँग माग गरेको हो ।गत २४ चैतमा देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै देउवा दम्पत्तिलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो ।देउवा दम्पत्तिविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १६८ पटक पढिएको
  • १२ वटा ट्रेड युनियनको दर्ता सरकारद्वारा खारेज

    काठमाडौंः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती सेवा ऐन २०४९ अन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ ।सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरी दलगत निजामती कर्मचारी र राष्ट्रिय स्तरका ट्रेड युनियन खारेज गरेको हो । बुधबार बसेको विभागको पञ्जिकाधिकारीको निर्णयले ती ट्रेड युनियनहरूको दर्ता खारेज गरेको हो ।निजामती कर्मचारीहरूको ट्रेड युनियनतर्फ नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १९२ पटक पढिएको
  • आज पनि देशका धेरै स्थानमा वर्षा र हिमपात हुने, २४ घण्टामा सुनसरीको चतरामा सबैभन्दा धेरै वर्षा

    इटहरी ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, मधेस, बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।गत २४ घण्टामा सुनसरीको चतरामा सबैभन्दा धेरै ७६.३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति कोशी प्रदेशक

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १४६ पटक पढिएको
  • अवरुद्धमध्ये केही मुख्य राजमार्ग खुले, केही बन्द

    इटहरी ।  वर्षापछि आएको बाढी पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुचारु भए पनि बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डहरु भने अझै पनि अवरुद्ध छन् ।प्रहरीका अनुसार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्ति लोकपथ सडकखण्ड, मकवानपुर भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायातका साधन चल्न थालेका छन् ।भोजपुर नगरपालिकाअन्तर्गत बोखिमको मध्यपहाडी लोकमार्ग

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २०७ पटक पढिएको
  • सुन्दरहरैंचाको सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु, दुई जना घाइते

    सलकपुरः आज दिउँसो पौने १२ बजे मोरङको सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा एकै दिशातर्फ गइरहेको ट्रकसँग तीन जना सवार मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २०६ पटक पढिएको
  • गोग्राहा माविमा लैङ्गिक हिंसा तथा साईबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

    विराटनगरः  मोरङको विराटनगर महानगरपालिका वडा नं. ४ स्थित गोग्राहा माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा तथा साईबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।नारी विकास केन्द्रीय कार्यालय विराटनगर र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी तथा जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा कार्यक्रम भएको थियो ।कार्यक्रममा विद्यालयमा अध्ययनरत ७३ जना छात्र छात्राहरु सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल