इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २२५ केजी गाँजासहित गाँजा ओसारपसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा हिजो राती ९ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी सो परिमाणको गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।प्लास्टिकको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २२५ केजी गाँजासहित सो गाँजा ओसारपसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुसँगै को. ३० प
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधीसहित १ जना पक्राउ परेका छन् ।हिजो बैशाख १ गते इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सवारी जाँचको क्रममा भोजपुर नगरपालिका–७ का युजिन श्रेष्ठको साथबाट ती औषधी बरामद गरी उनलाई पक्राउ गरेको थियो ।पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इटहरी । सरकारले आजदेखि देशका ७५३ वटै स्थानीय तहमा विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएको छ ।व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् ।त्यसक्रममा विद्यालय तथा स्थानीय संघ–संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतन
इटहरी । अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ ।हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयमा एक्सप्रेस वे प्रणाली लागू गरिएको हो ।
विराटनगरः नेपाल प्रहरीका ५६९ जना सहायक हवल्दारको सरुवा कोशी प्रदेशमा एकैपटक गरिएको छ ।सोमबार प्रदेश प्रहरी कार्यालय विराटनगरले ती सहायक हवल्दारको सरुवा गरेको हो । सरुवा भएकाहरुले वैशाख महिनादेखिको तलबभत्ता हाल कायम भएकै दरबन्दीबाट पाउने बताइएको छ ।
इटहरी । नेपालमा आजदेखि नयाँ वर्ष विक्रम् सम्वत् २०८२ शुरु भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने गर्छन् ।आज नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो शुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।राजा विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वत्लाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रूपमा विक्रम सम्वत् चलेको हो ।नयाँ वर्षमा नेपालमा सार्वजनिक बिदा दिइन्छ ।
इटहरी । आज प्रकाशित पत्रिकाले आफ्नो मुख्य पृष्ठमा समाचार प्रकाशन नगरी प्रश्नवाचक चिह्नमात्र राखेर प्रकाशन गरेका छन् । सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा प्रकाशन नगरी सरकारी सञ्चारमाध्यममा प्रकाशन गर्नुपर्ने भनी निर्देशन जारी गरेपछि सञ्चारमाध्यमले प्रश्नवाचक चिह्न राखी पत्रिका प्रकाशन गरेका हुन् ।यस्ता छन् सञ्चारमाध्यमले उठाएका १० जिज्ञासाः१. सूचना केका लागि ?२. नागरिक सुसूचित हुन के एउटा सञ्चारमाध्यम मात्र पर्याप्त छ ?३. पाठक–श्रोतावर्ग विभिन्न सञ्चारमाध्यमबाट सूचना पाएर सन्तुष्ट हुन्छन्, तर सरकारी सूचनाका लागि सरकारी सञ्चारमाध्यमकै मात्र भर पर्ने बनाउनु उनीहरुको अधिकार खोस
इटहरी । देशका विभिन्न भागबाट प्रकाशित हुने पत्रिकाले आज पहिलो पृष्ठमा समाचार प्रकाशन नगरी प्रश्नवाचक चिह्नमात्रै छापेका छन् । सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित गर्ने निर्णयको विरोधमा यो रचनात्मक शैलीमाथि प्रश्न उठाउँदै उनीहरुले विरोध गरेका हुन् ।धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्सका साथै राजधानीबाहिरका बुटवल टुडे, दैनिक पत्र, लुम्बिनी, सुदूर सन्देश, मिशन टुडे, काँक्रेविहारलगायतका दैनिकले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेका छैनन् ।काठमाडौंबाट प्रकाशित दैनिकहरू नेपाल समाचारपत्र, कारोबार, राजधानी, आर्थिक अभियान, सौर्य, मध्यान्ह, प्रभाव, प्रक्षेपणलगायतले पनि प्रश्न वाचक
इटहरी । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम सफा रहेको छ ।जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज राति देशका हिमाली भू–भागमा
इटहरी । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार भोस्ले केही समय अघिदेखि अस्वस्थ थिइन् । मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा राखिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।भारतीय सङ्गीत उद्योगकी सबभन्दा प्रतिष्ठित पाश्र्वगायिकामध्ये एक भोस्लेले दशकौंसम्म हजारौँ हिन्दी चलचित्रका गीत गाएकी थिइन् ।उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर……’, ’गैरीखेतको शिरै हान्यो…..’, ’मोहनी लाग्ला है….’ लगायतका नेपाली गीत पनि गाएकी छिन् ।भोलि उनको मृत शरीरको अन्तिम स