विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा मोरङको सुन्दरहरैँचा १० स्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कवित कटवालले नागरिकबाट उठेका विभिन्न जिज्ञासाको जवाफ दिनुका साथै प्रहरीले गर्ने कामको बारेमा उपस्थित व्यक्तिलाई जानकारी गराउनुभएको थियो ।प्रहरी र नागरिकबीच समन्वय बढाउँदै समाज सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट पछिल्लो ६ महिनामा भएका कामको बारेमा जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका
इनरुवाः पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन इनरुवा नगरपालिकाको कार्यालयले शुरु गरेको छ । पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य शुरु गरिएको इनरुवा नगरपालिकाले जनाएको छ ।नगरपालिका कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि ती सामग्री नहटाएपछि नगरपालिकाले डोजरको प्रयोग गरेर ती सामग्री हटाएको हो । इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी सञ्चालित कवाडी व्यवसाय, निर्माण सामग्री राखिएका पसलको सामान हटाइएको पालिकाले जनाएको छ ।
इटहरी । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । कमजोर अवस्थामा रहेको सो वायुको र स्थानीय वायुको आंशिक प्रभावले आज देशका विभिन्न भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्
सरकारले हालै सरकारी कार्यालयका सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यम गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र राससमा मात्रै छाप्ने निर्णय गर्याे । सो निर्णय हुनासाथ नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर सो निर्णयको विरोध गर्दै आफ्नो औपचारिकता पूरा गर्याे ।त्यसपछि हालसम्म महासंघले न कुनै विज्ञप्ति जारी गरेको छ न त सरकारको कदमका विरुद्धमा आफ्ना कुनै विरोधका कार्यक्रम नै ल्याएको छ । यसले के देखाउँछ भने महासंघले केवल औपचारिकताका लागि मात्रै विज्ञप्ति निकालेर विरोध गरेजस्तो देखायो ।मारमा सरकारी कार्यालय पनित्यसो त सरकारी निर्णयको मारमा सरकारी कार्यालय पनि परेका छन् । स्थानीय तहले आफ्न
इटहरी । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले आज देशभर मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम व
विराटनगर — सामाजिक सेवा र सामुदायिक विकासमा समर्पित मारवाडी सेवा सदन विराटनगरले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको छ। बुधबार आयोजित विशेष कार्यक्रममा सदनले ११ जना अग्रज तथा योगदानकर्तालाई सम्मान गर्दै आफ्नो गौरवपूर्ण यात्रालाई स्मरण गरेको हो।सदनले ९ जना संस्थापक सदस्य, १ जना निवर्तमान अध्यक्ष र १ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ। सम्मानित हुने संस्थापक सदस्यहरूमा देवेन्द्र अग्रवाल (राजगढिया), सुरेशकुमार शर्मा, स्वर्गीय जगदिश राठी, स्वर्गीय महेन्द्र गोल्छा, स्वर्गीय महाविर तोदी, नन्दकिशोर राठी (मारुती सिमेन्ट), राजकुमार चैनवाला, महेश सिंघानिया र
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा नयाँ वर्षसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म अन्तरराष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ ।आयोजकले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको हो ।श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिले सञ्चालन गर्ने श्रीमद्भागवत पाठ पारायण श्रीकृष्णकथा साप्ताहिक ज्ञान महायज्ञका निर्देशक समितिका संयोजक रामप्रसाद गजुरेलका अनुसार महोत्सवमा देश तथा विदेशबाट हजारौं भक्तजन, सन्
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीकी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा हिजो साँझ ७ बजे झापाको गौरदहस्थित निवासमै निधन भएको हो ।मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘आमा, तपाईँको उपचारमा हाम्रो पयास काम लागेन है । क्षमा चाहन्छौँ ।’स्वर्गीय कार्कीका दुई छोरा छन् । मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुन् । स्वर्गीय कार्कीका ५ जना छोरी छन् ।
विराटनगर — मोरङको विराटनगरमा फुटबलको ठूलो पर्वका रूपमा चिनिने ३८औं विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २८ गते शनिबारदेखि सुरु हुने भएको छ। “फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्डकप” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता २०८३ साल बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले बुधबार सहिद रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। यस वर्ष प्रतियोगिता ट्रष्ट आफैंले प्रत्यक्ष रूपमा आयोजना गर्न लागेको अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।१ करोड ५ लाख लागतमा भव्य आयोजनाआयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लाग
काठमाडौंः इन्धनको मूल्य वृद्धि भएसँगै आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।यातायात व्यवस्था विभागका अनुसार अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको छ ।डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर रहेको बेलामा २०८१ पुस २२ गते निर्धारण भएको भाडामा पुनरावलोकन गरिएको हो ।