समाचार

    Showing ७५१-७६० of ६,००६ items.
  • ठेकेदारको गाडी कब्जामा लिइन् हलेसीकी मेयर विमला राईले

    हलेसीः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गर्न लागेको आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरप्रमुख विमला राईले नियन्त्रणमा लिनुभएको छ ।हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना–हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो ।आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम शुरु नभएसम्म गाडी, गाडीको चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको नगर प्रमुख विमला राईले बताउनुभयो । २०८० सालमै बनिसक्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २७४ पटक पढिएको
  • दार्चुला र बझाङमा साढे ९ घण्टाको फरकमा भूकम्पको धक्का

    इटहरी ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान र दिउँसो गरेर साढे ९ घण्टाको फरकमा पश्चिम नेपालमा भूकम्पका दुई कम्पन महसुस गरिएको छ ।आज बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराइ केन्द्र बनाई ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।त्यसको साढे ९ घण्टापछि दिउँसो १ बजेर १४ मिनेट जाँदा बझाङको रयाल केन्द्र बनाई ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको थियो ।यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्र बनाई ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।गत फागुन २२ गते पनि बझाङको चैनपुर केन्द्र बनाई ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २८१ पटक पढिएको
  • मध्यरातसम्म धर्ना बसेर ३ वटा मिटर बक्स लिए कपुरकोटका वडाध्यक्षले

    सल्यानः सल्यानको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काले तीन जना सेवाग्राहीका लागि मिटर नपाएपछि नेपाल विद्युत प्राधिकरण सल्यान कार्यालयमा मध्यरातसम्म धर्ना बसेर मिटर बक्स लिएका छन् ।कार्यालयले सेवाग्राहीका लागि मिटर बक्स तत्काल उपलब्ध नगराएपछि वडाध्यक्ष खड्का आफ्नो झोलाको सिरानी लाएर सुतेर विरोध गरेपछि राति साढे १० बजे मिटर उपलब्ध गराइएको थियो । त्यसपछि उनले धर्ना तोडेका थिए ।धर्नामा बसेका खड्काले साँझ साढे ६ बजे सल्यानका प्रतिनिधि सभा सदस्य रमेश मल्ललाई टेलिफोन गरी आफू धर्नामा रहेको जानकारी दिएका थिए । सांसद मल्लले जिल्ला प्रशासन कार्यालयमार्फत् विद्युत प्राधिकरणको सल्यानका प्रम

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २६४ पटक पढिएको
  • सुन्दरहरैंचामा सडक छेउको नालीमा एक जना मृत फेला

    विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका–२ हिमाल चोकस्थित सडक छेउको नालीमा ३४ वर्षीय अनिल (गोविन्द) अधिकारी मृत फेला परेका छन् ।आज बिहान स्थानीयले नालीमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली पुगेर अनुसन्धान शुरु गरेको छ ।उनी रातको समयमा साइकलमा घर फर्किँदै गर्दा नालीमा खसेको हुन सक्ने देखिएको छ । घटनास्थल नजिकै साइकल पनि फेला परेको छ । उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १७९ पटक पढिएको
  • हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

    इटहरी ।  नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहिरहेका कारण आज पनि देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । सुदूर पश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावन

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १५७ पटक पढिएको
  • सुन्दरहरैंचामा बर्ड फ्लु पुष्टि, साढे ९ हजार कुखुरा गरियो नष्ट

    विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ को बडहरामा रहेका दुई वटा कुखुरा फार्ममा रहेका तथा आसपासका गरी ९ हजार ६२० वटा कुखुरा, हाँस तथा परेवा नष्ट गरेर (मारेर) व्यवस्थापन गरिएको (गाडिएको) छ । ती पंक्षीबाट उत्पादन भएका अण्डा पनि नष्ट गर्नुका साथै मल (सुली) व्यवस्थापन गरी खोरको निर्मलीकरण गरिएको छ ।सुन्दरहरैंचा–४ का किसान नारायण वाग्लेले सञ्चालन गर्नुभएको हलेसी महादेव कृषि फर्मका ६ हजार १२० लेयर्स कुखुरा नष्ट गरिएको हो । त्यस्तै सुन्दरहरैंचा–४ कै बुढीगंगा कृषि फार्मका ३ हजार ३०० लेयर्स कुखुराका साथै ती फार्म आसपासका स्थानीयले पालेका २०० हाँस, कुखुरा, परेवालगायतका पंक्षी नष्ट गरिएको हो ।न

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १६० पटक पढिएको
  • ‘कोशी मिडिया समिट’ सम्पन्न, १४ बुँदे घोषणापत्र जारी

    इटहरीः आइतबार इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कोशी प्रदेशका पत्रकार, सञ्चार उद्यमीलगायतको सहभागितामा नयन एडभरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबर डटकमको आयोजनामा सम्मेलन भएको हो ।नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न सोही सम्मलेनले १४ बुँदे घोषणापत्र जारी गरेको हो ।सम्मेलनमा सहभागी सञ्चारकर्मी तथा मिडिया सञ्चालकले राखेका जिज्ञासामाथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र नेपाल पत्रकार महासंघका केन्द्रीय मह

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ४९६ पटक पढिएको
  • विश्व मौसम विज्ञान दिवस आज मनाइँदै

    इटहरी ।  विश्वभर आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकामा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्र सङ्घले यो वर्ष जलवायुजन्य स

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २२५ पटक पढिएको
  • शुरु भयो राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआबद्धता, छुट्टाछुट्टै फारम भर्नुपर्ने झण्झट अन्त्य

    काठमाडौंः सरकारले केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह शुरु गरेको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सो जानकारी दिएका हुन् । सेवाग्राहीले अब एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ । गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्न गई सेवाग्रा

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १९८ पटक पढिएको
  • आज विश्व जल दिवस

    इटहरी ।  मार्च २२ तारिखका दिन विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै विश्व जल दिवस मनाइन्छ ।सन् १९९३ देखि यो दिवस मनाउन शुरु भएको हो । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो ।सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसात गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइएको थियो ।पानी र इन्धनको अन्तरसम्बन्ध छ । पानीघट्टदेखि ठूलाठूला जलविद्युतसम्

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल