विराटनगरः उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी २०८२’ सीआईएम होम बिल्ड एक्जिबिसन २०२६ आयोजना हुने भएको छ ।निर्माण क्षेत्रको समग्र विकास र उपभोक्ता सचेतनालाई प्राथमिकता दिँदै होम बिल्ड एक्जिबिसन २०२६ आयोजना गरिने भएको उद्योग संगठनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । निर्माण व्यवसाय क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिइएको छ ।संगठनका अध्यक्ष नन्दकिशोर राठीले चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा ‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना हुने जानकारी दिनुभयो ।
इटहरी । बुधबार विराटनगरमा भएको भेलाले लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल कोशी प्रदेश समिति गठन गरिएको छ ।भेलाले कमला कँडेलको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा झापाका ओमप्रकाश गौतम, महिला उपाध्यक्षमा सुनसरीकी कोशिला चौधरी, महासचिवमा मोरङकी पार्वती गच्छदार र कोषाध्यक्षमा इलामका रमेशचन्द्र सुवेदी चयन हुनुभएको छ ।सदस्यहरूमा जिल्ला समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ । सोहीअनुसार मोरङ अध्यक्षमा दिलीपकुमार काफ्ले सदस्य हुनुहुन्छ ।भेलाले सदस्यता नवीकरणका लागि सदस्य संस्थाहरूलाई आह्वान गर्ने, जिल्ला समितिहरू गठन तथा पुनर्गठन गर्ने र पालिका
इटहरी - नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा आयोजित “टिभिएस एक्सचेञ्ज म्यानिया” मेला भोलि (शुक्रबार) सम्पन्न हुने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा चैत १ गतेदेखि सञ्चालनमा रहेको उक्त मेलामा पाँचौँ दिनसम्म ९० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्। पुराना सवारीसाधन साटेर नयाँ खरिद गर्ने ग्राहकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।आयोजकका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक ल्याउने ग्राहकले उच्चतम मूल्याङ्कन, विशेष छुट, सहज किस्ताबन्दी सुविधा तथा इन्जिनमा आजीवन वारेन्टी पाउने व्यवस्था गरिएको छ। पुराना सवारीको मूल्याङ्कनका लागि अनुभवी भ्याल
विराटनगरः प्रहरीले आज दिउँसो सवा १ बजे मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ बरगाछीबाट को २ ह ५७८३ नम्बरको ओटो टेम्पोमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ ।प्रहरीका अनुसार अटोमा लोड भएको ४ लाख ३२ हजार रुपैयाँ बराबरको कुर्तासुरुवाल बरामद भएको हो ।विराटनगर महानगरपालिका वडा नं.९ रोडशेषमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी ७९ हजार ५ सय रुपैयाँबराबरको बेवारिसे अवस्थामा फेला परेको सारी पनि रीतपूर्वक बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बरामद भएको लत्ताकपडा र अटोसहित २ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङ
इटहरी । ज्ञानज्योति इङ्लिस स्कुल सुन्दरहरैंचा–७ को २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न कार्यक्रम प्रस्तुत गरिएका थिए । विद्यार्थीले नृत्य, गायन, नाटक तथा वक्तृता प्रस्तुत गरेका थिए । अभिभावकले पनि कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रममा शिक्षासेवी लक्ष्मी खरेल र टोमबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । लामो समय पञ्चायत मावि सुन्दरहरैंचामा अध्यापन गरी सेवा निवृत्त हुनुभएका उहाँहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो ।विद्यालयले सुन्दरहरैंचाका पाँच जना सञ्
बिर्तामोडः झापाली साहित्य समाजको आयोजना तथा विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सह आयोजनामा शुक्रबार र शनिबार झापाका विभिन्न स्थानमा शब्दयात्रा कार्यक्रम हुने भएको छ ।कोसी साहित्य कला परिषद् नेपालको संयोजनमा हुने कार्यक्रमको मिडिया पार्टनरमा नेपाली साहित्य र साहित्य पोष्ट डट कम रहेका छन् ।शुक्रबार विराट पोखरी परिसर, बिर्तामोड –३ मा दिउँसो १ बजेदेखि साढे ४ बजेसम्म साहित्यिक कार्यक्रम हुने परिषद्का अध्यक्ष केशु विरहीले बताउनुभयो । उहाँका अनुसार शुक्रबार साँझ परिषद्का सल्लाहकार केशव आचार्यको निवासमा साहित्यिक सत्संग हुनेछ ।विरहीका अनुसार शनिबार बिहान साढे ६ बजेदेखि साढे सात बजेसम्म
इटहरी । जल तथा मौसम विज्ञान विभागले चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक काम नपरी घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।विभागका अनुसार ३३ मिटर प्रतिसेकेण्ड अर्थात् करिब ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने विभागको अनुमान छ ।विभागले रुख ढल्ने, कमजोर संरचना उड्ने र विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिमका कारण सतर्कता अपनाउन अनुरोध गरेको छ ।आज दिउँसो विभागल जारी गरेको सार्वजनिक सूचनाअनुसार शुक्रबार दाङ र नेपालगञ्जसहितका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरुमा ह
इटहरी । आज बिहान सुन्दरहरैंचा–५ बाँसबारीमा टिपर र स्कुटर ठोक्किँदा स्कुटरमा पछाडि सवार किशोरको ज्यान गएको छ । स्कुटर चालक गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार आज बिहान साढे १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ आउँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको हो ।स्कुटरको पछाडि सवार रहेका काफ्लेलाई उपचारका लागि विराट शिक्षण अस्पताल बढीगंगा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा
काठमाडौंः हालै भएको प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी पुरस्कृत भएका छन् । नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन् ।पुरस्कृत हुनेमा नेपाल प्रहरीका केन्द्रीय निर्वाचन सेल प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की छन् ।त्यस्तै, डिआइजीहरूमा अरूण पौडेल, गोविन्द थपलिया, विनोद घिमिरे, दिपेन्द्र जिसी, दीपक रेग्मी, ओमबहादुर राना र भुपेन्द्र खत्री छन् ।एसएसपी मुकुन्द मरासिनी, कृष्णबहादुर पल्ली मगर, जनार्दन जिसी, सन्
हलेसीः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहतस्वरुप जस्तापाता वितरण गर्ने भएको छ ।चैत २ गते आएको हावाले घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो । सो हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएको नगरपालिकाको तथ्याङ्क छ ।हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२, वडा नम्बर –२ डिकुवाका ४, वडा नम्बर–३ च्यास्मीटारका २८, वडा नम्बर–८ धितुङका ३ र वडा नम्बर–११ राजापानीका ५ घर परिवारलाई जस्ता प्रदान गरिने मेयर बिमला राईले जानकारी दिनुभएको हो ।विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरेर पीडितलाई प्रदान गर्ने नगरको