इटहरी । भारतको महाराष्ट्र, दिल्ली र झारखण्डलगायत विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा राखिएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी परिवारमा पुनर्स्थापना गराउन मंगलबार राति नेपाल ल्याइएको छ ।नेपाली दूतावासको समन्वय तथा भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ले उनीहरुको उद्धार गरेर परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याएको हो ।उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी पश्चिम नवलपरासी, पाल्पा, कञ्चनपुर, कैलालीलगायत जिल्लाका रहेका छन् । उनीहरू सबैलाई विभिन्न माध्यमबाट अवैध रूपमा भारत पुर्याइएको र त्यहाँ जोखिमपूर्ण अवस्थामा फेला
इटहरी । भदौ १० गते तिब्बतबाट भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ।मंगलबार बेलुकी ८ बजेसम्मको विवरण अनुसार ५३३ पुरूष, ३३१ महिला र ५०२ जनाको आंशिक अंगसहित १३६६ जनाको शव भेटिएको हो।अहिलेसम्म १०२ जनाको मात्रै शव हस्तान्तरण गरिएको छ।बाँकीको डिएनए नमूना लिइएको छ। १२८६ शवको डिएनएन संकलन सकिँदा मृतकका आफन्तहरू १४१२ जनाको डिएनए संकलन भएको छ। बाढीमा परेका ४ हजार ७७ जना अझै सम्पर्कविहीन छन्।
सलकपुरः आप्रवासी महिला कामदार समूह (आमकास) नेपाल मोरङको सातौँ वार्षिक साधारणसभा सुन्दरहरैँचा–८, सलकपुरस्थित शिक्षा निकेतन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।साधारणसभाले उमादेवी सेढाईंलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यसअघि कायम रहेका अन्य सदस्यलाई यथावत् राख्दै रिक्त रहेका तीन सदस्य पदमा बेलकुमारी घिमिरे, सुनिता घिमिरे र मन्दिरा प्रसाईंलाई साधारणसभाले चयन गरेको छ ।साधारणसभाको प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिका–८ की वडा सदस्य कुमादेवी लुइँटेल सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सुन्दरहरैँचा–९ की महिला सदस्य शारदा बिक तथा वडा नं. १० की दीपा विकसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, विश
इटहरीः सुनसरी नवयुवा संगठनको आयोजनामा जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरूको प्रथम स्मृति दिवसका अवसरमा इटहरीको तरहरास्थित बास्केटबल कोर्टमा दीप प्रज्वलन गरिएको छ ।‘जेनजीहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम’ नाम दिइएको कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरेका थिए ।कार्यक्रममा सहभागीहरूले दिवङ्गत जेनजीहरूको आत्माको चिरशान्तिको कामना गर्दै उनीहरूले उठाएका सुशासन, भ्रष्टाचारविरुद्धको अभियान तथा सामाजिक परिवर्तनका मुद्दालाई स्मरण गरेका थिए ।
विराटचोकः युट्युबले आफ्नो पार्टनर कार्यक्रमको मापदण्डमा ठूलो फेरबदल गरेको छ । आगामी फेब्रुअरी १ देखि लागू हुने गरी युट्युबले नयाँ च्यानलहरूका लागि मनिटाइजेसनको शर्तहरूमा दोब्बरले वृद्धि गरेको छ ।यसअघि च्यानल मनिटाइज गराउनका लागि लाग्ने मिहिनेत अब दोब्बर बन्ने भएको छ तर यसले हाल पहिले नै पार्टनर कार्यक्रममा जोडिसकेका पुराना च्यानलहरूको यथास्थितिमा भने कुनै फेरबदल गर्ने छैन ।नयाँ नियम अनुसार च्यानलका लागि आवश्यक पर्ने एक हजार सब्स्क्राइबरको सङ्ख्या भने जस्ताको तस्तै राखिएको छ । तर यससँगै पूरा गर्नुपर्ने अन्य दुई मुख्य ढोकाहरूमा भने व्यापक परिवर्तन गरिएको छ । लामो भिडियोको हकमा पछिल्लो १२ महिनामा
इटहरी । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनुभएको छ ।जेनजी आन्दोलन भएको एक वर्ष पुगेको दिन उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ– सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अ
इटहरी । गत वर्ष जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ ।यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको दिन भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागएको विरोधमा शुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भएको थियो । काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सुनसरीको इ
भद्रपुरः भद्रपुर पुस्तकालय झापाको आयोजनामा भएको साहित्यिक कार्यक्रममा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबीच लोकार्पण गरिएको छ ।भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका मातापिता र सासूससुरा लगायतले संयुक्त रूपमा सो कृतिको लोकार्पण गर्नुभएको हो ।लोकार्पित कृतिमध्ये मुक्तक सङ्ग्रह शिशिरको
काठमाडौंः गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको आवाजमा तीजको अवसर पारेर गाइएको गीत ‘अब त लाहुरे आउँछ भनेर….’ सार्वजनिक भएको छ ।गायक पाठककै लय रहेको उक्त गीत गायक पाठक र विक्रम अधिकारीले रचना गर्नुभएको हो । यमन खनाल युट्युब च्यानलमार्फत् विश्व बजारमा आएको उक्त गीतमा यमन खनाल, जुना कार्की, सन्दीप मगर र रिया सुनारको मुख्य अभिनय रहेको छ ।गीतको सङ्गीत संयोजक कृष्ण केसीको रहेको छ । गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिन्न हेमराज डाङीको रहेको छ ।परदेश गएको लाहुरे चाडबाडमा घर फर्कने आश गरेर बसेकी लाहुरेनी र बिदा मिलाएर घर आउने लाहुरेको प्रतिबद्धता झल्किने गीत महक रेकर्डिङ स्टुडियोमा रेकर्ड
विराटचोकः महिलाको स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङको सुन्दरहरैंचा–१०, विराटचोकमा निःशुल्क महिला स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ ।नारीहरूको महान पर्व हरितालिका तीजको विशेष अवसरमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको महिला उद्यम परिवारले शिविर आयोजना गर्न लागेको हो । शिविरमा महिलाको विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्त्री तथा प्रसूति रोगको परीक्षण तथा परामर्श प्रदान गरिने जनाइएको छ । महिलाहरूको स्तन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तनसम्बन्धी रोगको परीक्षण