इटहरी । आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा नीमको तेल लगाउने दिन हो ।आगामी मिठासको पर्खाइका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ । नीमलाई तीतो अमृतका रूपमा लिने गरिएको छ । नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल शुरु हुनुअघि खाने चलन छ । सौर्यमासअनुसार बैशाख १ गते नयाँ वर्ष शुरु हुने भए पनि चन्द्रमासअनुसार चैतशुक्ल प्रतिपदा अर्थात् आजदेखि नववर्ष शुरु हुन्छ ।त्यसो त नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ । नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो । नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री
इटहरी । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कर्णाली र सुदूर पश्चिमका साथै अन्य प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित असिना, वर्षा र हिमपातको सम्भावना छ ।महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू–भागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्ज
इटहरीः कोशी प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको कोशी एक्सिलेन्स अवार्डको तयारी अन्तिम चरणमा प्रवेश गरेको छ ।नयन मिडिया फाउण्डेशनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रम यस वर्ष अझ व्यवस्थित, भव्य र प्रभावकारी रूपमा आयोजना हुने फाउण्डेशनका अध्यक्ष पवन अधिकारीले बताउनुभयो ।विभिन्न १६ विधामा प्रदान गरिने अवार्डका साथै कोशी प्रदेशका १० भन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने फाउण्डेशनले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार अहिले अवार्ड निर्माणका साथै ७ गते इटहरीको सोल्टी वेस्टन्डमा हुने कार्यक्रमको व्यव
इटहरीः महिलाको आर्थिक सशक्तिकरण र उद्यमशीलता विकासलाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको ‘उद्यमी घर परियोजना’ का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यसहित इटहरीमा भोलिदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।महिला सीप विकास केन्द्रको आयोजनामा चैत ११ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो। महायज्ञको सफल आयोजना तथा व्यवस्थापनका लागि मूल आयोजक समितिले विभिन्न उपसमितिहरू गठन गरी प्रचार–प्रसार, व्यवस्थापन तथा आर्थिक सङ्कलन लगायतका कामलाई तीव्र बनाएको जनाएको छ ।महायज्ञ मूल आयोजक समितिकी अध्यक्ष राधिका थापाका अनुसार गायत्री परिवारको सहकार्यमा सञ्चालन हुने महायज्ञ अवधिभर
धनकुटाः सोमबार साँझ आएको हावाहुरीले धनकुटाका सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको क्षति भएको छ ।हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा मानिसको घर, गोठ तथा सार्वजनिक संरचनामा क्षति गरेको हो ।प्रहरीका अनुसार सरकारी कार्यालय आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठलगायतका संरचनामा हावाहुरीले क्षति पुर्याएको हो ।हावाहुरीले आयुर्वेद केन्द्र र सरकारी वकिलको कार्यालयमा १५ लाख ५० हजारको क्षति भएको छ । विद्यालयमा चार लाख र निजी घर तथा गोठमा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।
इटहरी । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।आज राति लुम्बिनी, कर्णाली, सुदूर पश्चिम र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।सुदूरपश्चिम प्रदेशको
विराटचोकः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार लम्सालले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्नुभएको थियो । लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर– ५ जस्तो अति संवेदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना हुन नदिई निर्वाचन सम्पन्न गराउन सफल हुनुभएको थियो ।त्यस्तै, जेनजी आन्दोलन
काठमाडौंः चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ ।घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले घोडाको टापले कुल्चाएर त्यसलाई मारे । उसलाई मारे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने डर स्थानीयमा थियो ।त्यसकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर
सम्मानित सहित अन्नपूर्ण माविको ३५औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्नपथरी शनिश्चरे, चैत्र ३ — मोरङको पथरी शनिश्चरेस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३५औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शैक्षिक उपलब्धि, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमले विशेष आकर्षण थपेको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालको अध्यक्षता तथा संविधानसभाका पूर्व सभासद् चण्डीप्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। का
भोजपुरः सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम शुरु भएको छ ।देशव्यापी रुपमा चैत १ गतेदेखि ७ गतेसम्म कार्यक्रम मनाउने निर्णय भएअनुसार जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम शुरु भएको हो ।आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरुले वनजङ्गलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक नार