इटहरी- इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला आइतबारदेखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स प्रा.लि.को आयोजनामा इटहरीको पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्समा चैत्र १ गते आइतबारदेखि चैत्र ६ गतेसम्म ‘टिभिएस एक्सचेञ्ज मेला’ सञ्चालन हुन लागेको हो।मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ।यसका साथै मेलामा अनुभवी भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको उच्च मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ। ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस बाइक वा स्कु
धरानः मंगलबार राति सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा बसमा आगलागी भएको छ । आगलागीबाट तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को.१ ख ६२७४, प्रदेश १–०१–००१ ख ४०३७ र बा.४ ख ५७५९ नम्बरका यात्रुवाहक बसहरू पूर्ण रूपमा जलेका छन् । यस्तै, को.१ ख ३८४७, बा.५ ख ५८१४ र बा.५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको छ ।प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरु गरेको जनाएको छ । विद्युतीय वायरिङ सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनास्थलको सीसीटीभी फुटेज जाँच गर्दा कुनै व्यक्तिको शं
टीकापुरः टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आगामी चैत तेस्रो साता हुने भएको छ । स्थापनाकालदेखि नै ‘साहित्यमार्फत् सामाजिक सद्भाव’को नारा बोकेको टीकापुर साहित्य समाजले तेस्रो संस्करण आउँदो चैत १३ देखि १५ गतेसम्म गर्ने भएको हो ।महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुने महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले जानकारी दिए । जम्मा २१ बहस सत्र रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्र सञ्चालन हुने भएका छन् ।हरेक बहस सत्र १\१ घण्टाको हुने भएको छ । १३ चैतमा भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भ
इटहरी । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले आजदेखि आफ्नो आत्मकथा बिक्री गर्नुुहुने भएको छ ।सामाजिक सञ्जालमा आज सवा ८ बजे स्टाटस लेख्दै पुनले आज पोखरामा किताब बेच्ने बताउनुभएको हो ।यस्तो छ महावीर पुनले लेखेको स्टाटस ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु । त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ । चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरू लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगञ्जमा कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’पुनले म्याग्दीबाट स
इटहरी । आज अन्तरराष्ट्रिय महिला दिवस हो । हरेक वर्ष ८ मार्चमा विश्वभर विभिन्न् कार्यक्रम गरेर यो दिवस मनाइन्छ ।सन् १९१० मा क्लारा जेटकिन नामकी एक महिलाले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालेको सम्झनामा यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस, वा महिला दिवस, श्रमिक आन्दोलनबाट उत्पत्ति भएको हो, जुन पछि संयुक्त राष्ट्र सङ्घले वार्षिक उत्सवको रूपमा मान्यता दिएको थियो ।सन् १९०८ मा न्युयोर्क शहरमा करिब १५ हजार महिलाले परेड निकाल्दा यो आन्दोलन शुरु भएको थियो । महिलाको कामको समय घटाउनुपर्ने उनीहरूको माग थियो । तलब राम्रो हुनुपर्छ र महिलाले पनि मतदानको अधिकार पाउनुपर्ने पनि माग थियो । एक वर्
काठमाडौंः २०८२ भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गौरीबहादुर कार्कीको संयोजक
विराटनगरः खाना खाने क्रममा बेहोश भएर मोरङमा रास्वपा उम्मेद्वारका प्रतिनिधिको मृत्यु भएको छ ।रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी मतगणना स्थल नजिकै खाना खाने क्रममा आज दिउँसो पौने १२ बजे एक्कासी बेहोश भएर ढलेका थिए ।उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
धनकुटाः धनकुटामा एक जना किरियापुत्रीले मतदान गरेका छन् ।धनकुटा नगरपालिका–६ पात्लेखोलाका ज्वाला पोखरेलले नगरपालिका–६ स्थित आँखा अस्पतालको बहुउद्देश्यीय भवन केन्द्रबाट मतदान गरेका हुन् ।उनका बुबाको केही दिनअघि निधन भएको थियो ।
इटहरी । आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।मोरङ क्षेत्र नम्बर ५ मा गत निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिनुभएका योगेन्द्र मण्डल ४३३४ मतान्तरका साथ विजयी हुनुभएको थियो । यस पटक मण्डल राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल खोलेर त्यसको अध्यक्षको तर्फबाट मोरङ ५ मा उम्मेद्वार हुनुहुन्छ ।गत निर्वाचनमा स्वतन्त्र उम्मेद्वार मण्डलले २१८२० मत ल्याउनुभएको थियो । नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल के
इटहरी । देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दोलखाको तामाकोशी गाउँपालिका–४ गोलेश्वर मतदानस्थलमा भने विवाद समाधानपछि अन्यत्र मतदान सकिने बेलामा मतदान शुरु भएको छ ।सो मतदान केन्द्रबाट ५४ थान मतपत्र लुटिएपछि रोकिएको मतदान भर्खर शुुरू भएको हो । सर्वदलीय सहमतिपछि मतदान शुरु भएको हो ।मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएका थिए । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ती मतपत्र लुटिएपछि त्यहाँ मतदान रोकिएको थियो । लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेका छन् । त्यसबाहेक फेला नपरेका मतपत्रलाई मान्य नगर्ने गरी सहमति भएपछि मतदान पुनः शुरु