समाचार

    Showing ८७१-८८० of ६,००६ items.
  • अरुण नदीको बेलिब्रिज भाँच्चिँदा टिपर चालक घाइते

    खाँदबारीः संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँच्चिँदा टिपर चालक घाइते भएका छन् ।शनिबार बिहान साढे ८ बजे बेलिब्रिज भाँच्चिएर नदीमा खस्दा टिपर चालक गम्भीर घाइते भएका हुन् ।दुर्घटनामा प्रदेश ०३ ००१ क २९२० नम्बरको टिपर चालक सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ घाइते भएको नुम प्रहरी चौकीले जनाएको छ ।घाइते श्रेष्ठको नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।सो टिपर मकालु– २ मा निर्माणाधीन जलविद्युत आयोजनाका लागि सामान बोकेर जाँदै थियो । दुर्घटनास्थल जिल्ला सदरमुकाम खाँदबारीबाट करिब ४९ किलोमिटर टाढा पर्छ ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १८७ पटक पढिएको
  • इजरायल–इरान युद्धको कारण नेपालबाट विभिन्न सात अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई उडान भए रद्द

    काठमाडौंः हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।सारजहा, दोहा, दुबई, कुबेत सिटी, आबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने बताइएको छ । यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनी

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • २३२ पटक पढिएको
  • इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको सङ्ख्या पुग्यो ४० जना

    काठमाडौंः इजरायली आक्रमणमा परी इरानको होर्मोजगान प्रान्तको विद्यालयका ४० जना विद्यार्थी मरेका छन् ।दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको सङ्ख्या ४० जना पुगेको हो ।इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको सङ्ख्या ४० पुगेको पुष्टि गरेको छ ।प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो ।इरानको राजधानी तेहरान तथा देशका विभिन्न शहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • २५८ पटक पढिएको
  • कोशी, बागमती र गण्डकीका हिमाली भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    इटहरी ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज तराई भू–भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कोशी, बागम

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • २२८ पटक पढिएको
  • घरमै होली मनाउन प्रशासनको आग्रह

    काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक स्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै प्रशासनले खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।कार्यालयले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिरा

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • ३१९ पटक पढिएको
  • २० गते राति १२ बजेदेखि २१ गते मतदान सम्पन्न नभएसम्म सवारी साधन चलाउन नपाइने

    इटहरी ।  निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।मतदानका दिनमा अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका निम्ति प्रयोग हुने), कूटनीतिक नियोगका र पास प्राप्त गरेका बाहेकका अरू सार्वजनिक तथा निजी सवारी साधन फागुन २० राति १२ बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्न नपाइने भएको हो ।मतदानको मितिभन्दा सात दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २९३ पटक पढिएको
  • मतदाता परिचय पत्र नभए सरकारी कागजात देखाएर मतदान गर्न पाइने

    इटहरी ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएपछि मतदाता परिचय पत्र नहुँदा अन्य कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।यदि मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने भएको हो ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १७६ पटक पढिएको
  • लेटाङमा बाँसका फर्निचर बनाउने एड्भान्स तालिम सम्पन्न

    लेटाङः लेटाङ नगरपालिकाको आयोजना तथा आदिवासी जनजाति नगर समन्वय परिषद् लेटाङको समन्वयमा सञ्चालित बाँसका फर्निचर बनाउने ४५ दिने एड्भान्स तालिम सकिएको छ ।आदिवासी जनजाति लक्षित कार्यक्रम अन्तर्गत सो समुदायका ८ जना युवायुवतीका लागि ४५ दिने तालिम सञ्चालन गरिएको थियो ।गत वर्ष नगरपालिकाले नै सञ्चालन गरेको बाँसका सामग्री बनाउने ४५ दिने आधारभूत तालिममा सहभागी भएकाहरूलाई थप दक्ष बनाउने उद्देश्यका साथ ४५ दिनको एड्भान्स तालिम प्रदान गरिएको नगरपालिकाको उद्यम विकास शाखा प्रमुख सुषमा कोइरालाले जानकारी दिनुभयो ।तालिमका प्रशिक्षक विष्णु मगरका अनुसार सहभागीहरूलाई बाँसको आराम चियर सेट, बाँसको घर (डेकोरेटिभ सं

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २३३ पटक पढिएको
  • संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

    इटहरी ।  आज बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रबिन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।दुई दिन अघि नेपाल भारत सिमानानजिक भारतको सिक्किममा पनि सानो भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १७५ पटक पढिएको
  • आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै

    इटहरी । आज २७ फेब्रुअरी । आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदैछ ।सन् १९४५ मा संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी संगठन’ शब्दले एउटा औपचारिक स्थान पायो । त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफामूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरियो ।हाल प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक शहर वा जिल्लामा हुने स्थानीय समस्याको ध्यानाकर्षण ठूला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन् । गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसला प्रदान गर्न हरेक वर्

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल