काठमाडौंः आज बिहान साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।अनियन्त्रित भएर २०० मिटर तल त्रिशुली नदी किनारामा बस खसेर दुर्घटना हुँदा मृत्यु भएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ ।प्रहरीका अनुसार दुर्घटनामा २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ ।त्यस्तै, पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णु
वीरगञ्जः आइतबार साँझ युवा समूह बीच झडप भएपछि सुरक्षा स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ ।आज बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।सो क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुश, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्ष
इटहरी । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागिएको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र
इटहरी । निर्वाचन प्रचारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।घण्टी, हलोलगायतका निर्वाचन चिह्न बोकेर हिँड्दा सुरक्षाको विषयलाई मध्यनजर गर्दै आयोगले धातु र काठजस्ता सामग्रीबाट बनेका भौतिक स्वरुपका चिह्न प्रयोग नगर्न निर्देशन दिएको हो ।कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न भने सकिने आयोगले प्रष्ट पारेको छ ।
काठमाडौंः धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । २४ घाइते भएका छन् ।प्रहरीका अनुसार राति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको थियो ।घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको छ । टोलीले १७ जनाको शव फेला पारेको थियो ।सो घटनामा घाइते भएका २४ जनालाई उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो । घाइते तथा मृतकको
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ ।घरमै सुतिरहेका बेला राति साढे १० बजेतिर हतियार प्रहार भएको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभएको छ ।मुख, हात, टाउको, बायाँ कानलगायत शरीरका विभिन्न भागमा चोट लागेका अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै अधिकारीलाई उद्धार गरेर उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पताल
इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित हटिया बजार क्षेत्रमा शनिबार बृहत् सरसफाई अभियान सम्पन्न गरिएको छ ।इटहरीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध भएका आसेज र आसेज स्टार मिलेर ईटहरी हटियाको बजार क्षेत्रमा सरसफाई गरेका छन् । आसेज को अर्थ सेभ द अर्थ फ्रम ए टु जे भन्ने हुन्छ । आसेज परमेश्वरको मण्डलीका विश्व विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको स्वयंसेवक समूह हो ।आसेज स्टार माध्यमिक तथा उच्च माविमा पढिरहेका विद्यार्थीहरुको स्वयंसेवक समूह हो । हाल १७५ देशहरूमा सक्रिय रूपमा स्वयंसेवाको कार्य गर्दै आएको छ ।सरसफाई अभियान कार्यक्रममा प्रमुख अतिथिको रुपमा इटहरी वडा नं ९ का अध्यक्ष
विराटचोकः निर्वाचन आयोगले निर्वाचनका समयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिश गरेको छ ।सरकारलाई आज पत्र लेख्दै आयोगले आगामी फागुन २१ को चुनावलाई लक्षित गर्दै बिदा दिन सिफारिश गरी पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ ।‘निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले आयोगले बिदा सिफारिश गरेको हो ।बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ ।फागुन १८ गते पहाडी क्षेत्रमा होलीको बिदा छ । तराई क्षेत्रमा फागुन १९ गते होलीको बिदा छ । फागुन २३ गते शनिबार छ भने फागुन २४ गते अन्तरराष्ट्रिय नारी दिवसको बिदा छ ।
बेलबारीः सर्जक नवराज पोखरेल ‘नवशिला’ को तेस्रो कृति ‘सिलसिला’ (मुक्तक सङ्ग्रह) को मोरङको बेलबारीमा लोकार्पण गरिएको छ ।कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, कार्यक्रमका सभाध्यक्ष कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, कवि तथा समालोचक डा. दीपकप्रसाद न्यौपाने, बेलबारीका अग्रज स्रष्टा, हर्कमान तामाङ, लेखक नवशिला तथा उहाँका पिता लक्ष्मीप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।लोकार्पित कृतिक
काठमाडौंः जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर आइतबार पनि कर्फ्यु आदेशलाई निरन्तरता दिनुभएको हो ।सूचनाअनुसार हिजो दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आज बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कामका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएस