समाचार

    Showing ९६१-९७० of ६,००६ items.
  • रामेछापमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ८ जनाको उपचार हुँदै

    काठमाडौंः आज बिहान काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन ।आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो । घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य कति यात्रु चढेका थिए भन्ने नखुलेको हो।प्रहरीका अनुसार घटनास्थलमा ६ जनाको शव फेला परेको हो । ६ जनाको उपचारका क्रममा अस

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २०७ पटक पढिएको
  • रवि लामिछानेको चुनावी कार्यक्रममा रोक , आचारसंहिताविपरीत भएको प्रसाशनकाे दाबी

    रुपन्देही । सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ । सोमबार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका लामिछाने मंगलबार नवलपरासी जाने तयारीअनुसार कार्यक्रम तय भएको थियो ।लामिछाने माघ २७ गते जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिए पनि प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको हो ।उनी आइतबार पूर्वी नवलपुर र पश्चिमनवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २९५ पटक पढिएको
  • ठुला सपना बाडने एमालेभित्रै महिला उम्मेद्वारकाे खडेरी , धेरैमा नेमकिपा

    इटहरी । आउने फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ ठुला राजनैतिकदलले महिला उम्मेदवार कमै मात्रामा पठाएको पाइएको छ । निर्वाचन आयोगकाअनुसार १६५ सिटको प्रत्यक्ष निर्वाचनमा ३८८ महिला उम्मेदवार छन् । जसमा दलबाट २३१ र १५७ स्वतन्त्र छन् । ठुला दलबाट त महिला उम्मेदवारी नगन्य छन् ।यी मध्य महिला उम्मेदवार उठाउनेमा सबै भन्दा कम एमाले रहेको पाइएको छ भने धेरैमा पठाउनेमा नेपाल मजदुर किसान पार्टी रहेको छ । कांग्रेसले ११, एमालेले १० र नेकपाले १२ महिला उम्मेदवार उठाएको छ ।त्यस्तै, रास्वपा १६, जसपा नेपालले आठ र राप्रपा आठ महिला उम्मेदवार उठाएको छ । नेमकिपाले सबैभन्दा धेरै ५४ र आमजनता पार्टी

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २३४ पटक पढिएको
  • खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीविरुद्ध मुद्दा दायर

    बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को हालसम्ममा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ । “कैफियतका आधारमा सरकारी वकिल कार्यालयहरूसँग समन्

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १४० पटक पढिएको
  • विरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार व्यवसायी पक्राउ

    वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए । “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २०७ पटक पढिएको
  • ताप्लेजुङमा गयो ४ म्याग्निच्युडको भूकम्प

    इटहरी । आज बिहान २ बजेर ४७ मिनेट जाँदा ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ ।सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्दछ ।शनिबार इलाम केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३०८ पटक पढिएको
  • सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

    सलकपुरः मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग विराटनगरका प्रमुख सुरतलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका अध्यक्ष रामकुमार तामाङले समितिको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।समितिकी कोषाध्यक्ष सावित्रा पोखरेलले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन सरोज भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।साधारणसभामा पूर्व समितिका पदाधिकारीहरूलाई सम्मानपत्र तथा अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्द

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २३९ पटक पढिएको
  • धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन

    जनकपुरः उपचारको क्रममा धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन भएको छ ।मेयर यादवलाई मस्तिष्कघात भएपछि बिहीबार राति जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार यादवको निधन भएको हो ।यादव नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १८२ पटक पढिएको
  • स्वर सङ्गम सङ्गीतालयको ७३ औँ शृङ्खला सम्पन्न

    विराटनगरः शास्त्रीय तथा सुगम सङ्गीत शृङ्खला नाम दिइएको स्वर सङ्गम सङ्गीतालय विराटनगरको ७३ औँ शृङ्खला सङ्गीतालयको आफ्नै सभाहलमा सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले स्वर सङ्गम सङ्गीतालयले उत्पादनशीलतामा जोड दिएकामा खुशी व्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नुभयो ।रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेले स्वर सङ्गम सङ्गीतालयका बारेमा जानकार रहे पनि लामो समयपछि कार्यक्रममा सहभागी हुन सकेकामा खुशी व्यक्त गर्नुभयो ।संस्थाका अध्यक्ष गुरु कुशेश्वर राईले निकै मिहिनेतले संस्था स्थापना भएको बताउँदै यसको विकासमा

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २०७ पटक पढिएको
  • सिरहा कारागार तनावग्रस्त

    लहानः गोली र नगदसहित नाइके पक्राउ परेपछि शुरु भएको विवादले सिरहा कारागारमा उग्र रुप लिएको छ । कारागारका नाइके ईन्द्रजीत यादवसहित १३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावग्रस्त बनेको हो ।नाइके पक्राउपछि आक्रोशित बनेका कैदीहरू छतमाथि चढेर थाली बजाउँदै ‘नाइके इन्द्रजिीतलाई फिर्ता गर’, ‘इन्द्रजीत दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको भए पनि कैदीहरूको होहल्ला जारी रहेको छ । कारागारभित्र र बाहिर करिब १ सय ५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्ष

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २७१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल