इटहरी ।फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग बन्न लागेको जानकारी दिएका छन्।लामाकै निर्देशनमा बन्ने यस फिल्ममा दीपकराज गिरी मुख्य भूमिकामा देखिँदै छन्। त्यसैगरि, फिल्ममा दीपाश्री निरौला र निर्मल शर्माको पनि अभिनय रहनेछ। फिल्मका अन्य कलाकारबारे चाडै नै जानकारी दिने निर्माणपक्षले जनाएको छ।घोषणासँगै ‘छ माया छपक्कै-२’को प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ। यस फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने निर्माण टिमले घोषणा गरेको हो। यस फिल्मको निर्माता पनि रोहित अधिकारी नै हुन्। २०७६ सालको दशैंमा रिलिज भएको ‘छ मा
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कारण डेढ लाख आम नागरिकले ८ अर्ब रुपैयाँभन्दा बढी पैसा पाउने भएका छन्। निर्वाचनकै लागि भर्ती गरिएको निर्वाचन प्रहरीमार्फत यो रकम उनीहरुको हातमा पुग्ने देखिएको हो। यसका लागि अर्थ मन्त्रालयले ८ अर्ब ५ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरेको छ।यसपालि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले निर्वाचन प्रहरी भर्ती गरेका छन्। यसअनुसार सरकारले नेपाल प्रहरीतर्फ निर्वाचन प्रहरीका लागि ७ अर्ब २५ करोड रुपैयाँ र सशस्त्र प्रहरीको निर्वाचन प्रहरीका लागि ८० करोड रुपैयाँ स्रोत सहमाति प्रदान गरेको छ। नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना र सश
इटहरी । विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् ।अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । यो घटनामा उनलाई प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो ।उनै सिलवालले आफ्नो परिचय बदलेर केदार प्रसाद सिलवाल भन्दै अन्य व्यक्तिलाई पनि ठगी गरेको पाइएको हो । स्पेनमा विद्यार्थी भिसामा पठाउने भनदै उनले १२ लाख ४० हजार ठगी गरेको आरोप छ ।त्यस्तै चार जन
इटहरी । झन्डै एक दशकदेखि नेपाली राजनीति, गृह प्रशासन र सुरक्षा निकायलाई तरंगित बनाउँदै आएको ‘३३ किलो सुन तस्करी’ तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले महत्त्वपूर्ण फैसला सुनाएको छ। अदालतले मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैदको सजाय सुनाउँदै जिल्ला अदालत मोरङको अघिल्लो फैसलालाई आंशिक रूपमा उल्ट्याएको हो।आइतबार राति अबेरसम्म चलेको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले यो बहुप्रतिक्षित फैसला सुनाएको हो। माघ २० गतेदेखि सुरु भएको निरन्तर सुनुवाइपछि उच्च अदालतले मुख्य योजनाकार मानिएका गोरेलाई थप सजा
इटहरी । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न तीन वटा मुख्य निर्ण सुनाएका हुन् ।उनका अनुसार, राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत भएको छ ।त्यस्तै, जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि पनि थपिएको छ ।यी हुन् तीन निर्णय :१. राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने ।२. नेपाल सरकारको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने ।३. नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय
झापा । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज झापा क्षेत्र नम्बर ५ का १५ ठाउँमा मतदातासँग भेट गर्दैछन्। बालेनको सचिवालयले सोमबार झापा ५ स्थित कमल गाउँपालिकामा नागरिकसँग भेटघाटको कार्यक्रम राखिएको जानकारी दिएको हो। आजको कार्यतालिका अनुसार सोमबार बिहान ७:३० बजेदेखि नै बालेनले मतदातासँग भेटघाट सुरु गरिसकेका छन्। सानो केर्खा चोकबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम अब क्रमश: सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरास्थित उराउ र संथाल बस्ती, ढ्यांग्रीमा हुनेछ। त्यसैगरि शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुमबासी बस्ती, समैगडा, छलफल चोक र भुत्
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा गएराति मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङकाका डीएसपी रेशम बोहोराका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। लु.प्र ०२-००१ प ११०२ नम्बर को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। आज बिहान यात्रुले दुर्घटना स्थलमा दुईवटा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘शव पहिचानको प्रयास हुँदैछ,’ डीएसपी बोहोराले भने, ‘कतिपय मानिसहरु पहिचानको लागि यह
इटहरी । लिखित परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) नै नदिएका, ट्रायलमा फेल भएका तथा विदेशमा रहेका व्यक्तिसमेतलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गरिएको गम्भीर भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जुम्लाका कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आर्थिक वर्ष ०७५/७६ मा भएको अनियमितता छानबिन गर्दा १८ जनालाई नियमविपरीत ‘ए’ (मोटरसाइकल/स्कुटर) र ‘ई’ (ट्रयाक्टर) वर्गका लाइसेन्स जारी गरिएको खुलेपछि अख्तियारले आइतबार मुद्दा दायर गरेको हो।फेल र अनुपस्थितलाई ‘पास’ बनाइयोअख्तियारका अनुसार प्रयोगात्मक परीक्षाको नतिजा (फिल्ड रिपोर्ट)मा फ
इटहरी । राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवको पुस मसान्तसम्म ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । चालू आर्थिक वर्ष ०८२–८३ को पहिलो ६ महिनामा नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने रेमिट्यान्स ५२.६६ प्रतिशतले बढेको हो ।गत आवको पहिलो ६ महिनामा नेपालबाट चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । नेपालमा विदेशी कामदारको संख्या बढ्न थालेपछि बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको हो । अघिल्लो आव ०८०र८१ सम्म नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । कोरोना र त्यसपछिको आर्थिक शिथिलताले नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । गत आवदेखि भने नेपालबाट बाहिरिने
झापा । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् ।अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थि