खोर्सानेः सुन्दरहरैँचा–१० मोरङमा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू शैक्षिक हाइकिङ तथा अवलोकन भ्रमणका लागि इलामको दानाबारी पुगेका छन् ।कक्षाकोठामा सिकेको ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्नुका साथै विद्यार्थीलाई प्राकृतिक वातावरण, स्थानीय संस्कृति र सामाजिक परिवेशबारे जानकारी गराउने उद्देश्यले भ्रमण आयोजना गरिएको विद्यालयले जनाएको छ ।भ्रमणका क्रममा विद्यार्थीहरूले दानाबारी क्षेत्रको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै हाइकिङको अनुभवसमेत लिएका थिए । उनीहरूले स्थानीय वातावरणको अध्ययन गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए ।विद्यालयका प्रिन
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले बुधबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा साजीलाल माध्यमिक विद्यालयकी छात्रा समृद्धि लुइँटेल पहिलो भएकी छिन् ।प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पसकी रेमिका चौधरी दोस्रो, टेन्डरफिट बोर्डिङ स्कुलकी प्रशंसा भण्डारी तेस्रो तथा माउण्ट मकालुकी सोनिका सुवेदीले सान्त्वना स्थान हासिल गरे । सिद्धार्थ सेकेण्डरीकी प्रतियोगी शरण परियारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।प्रतियोगितामा ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवद्र्धनमा युवा विद्यार्थीको भूमिका’ विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।पहिलो पाइल
इटहरीः एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाको शाखा हो ।इटहरी शाखामार्फत् सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गरिँदै आएको शाखाले जनाएको छ । स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू जुममार्फत् एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए ।इटहरी शाखामार्फत् हालसम्म ५ सयभन्दा बढी विद्यार्थीला
विराटचोकः मोरङको सुन्दरहरैंचा–१० मा रहेको हिमालय इङलिस स्कुलमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत शिक्षकका लागि साइबर सुरक्षा र बाल सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सुरक्षा र उनीहरूलाई विभिन्न प्रकारका जोखिमबाट जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन जोखिम पनि बढ्दै गएको भन्दै शिक्षक तथा अभिभावकले विद्यार्थीलाई सुरक्षित इन्टरनेट
इटहरीः इन्ट्याक्ट क्लब अफ विश्व आदर्शले शैक्षिक वर्ष २०२६\२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको सातौँ पदस्थापन तथा शपथग्रहण समारोहमार्फत् सिद्धान्त निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।विश्व आदर्श एकेडेमीमा आयोजित कार्यक्रममा क्षेत्र–१ का क्षेत्रीय इन्ट्याक्ट प्रतिनिधि मिङ्साङ लिम्बू प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिद्धान्त निरौलासहित सम्पूर्ण पदाधिकारी तथा नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो ।सो कार्यसमितिमा आगामी अध्यक्ष साइमा कार्की, उपाध्यक्ष दीक्षित सुवेदी, सचिव आरोशी राई, सहसचिव मनषी घिमिरे, कोषाध्यक्ष समृद्धि दुलाल, क्लब सेवा
विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न निजी विद्यालयमा कार्यरत शिक्षकको सहभागिता रहेको थियो ।कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले गर्नुभएको थियो । सुन्दरहरैंचा नगरपालिकाका नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेशनल प्याब्
विराटचोकः नागरिक स्वावलम्बन विकास (सिड) नेपालले मङ्गलबार सुकुना बहुमुखी क्याम्पसमा जनप्रतिनिधि, सरोकारवाला, लाभग्राही, सञ्चारकर्मीलगायतको उपस्थितिमा गत आर्थिक वर्षको सामाजिक परीक्षण गरेको छ ।सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सिड नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँले गत आर्थिक वर्षमा संस्थाले लिएको लक्ष्यअनुसार खर्च गर्न नसकेको बताउनुभयो । लाभान्वित परिवारको असहयोगलगायतका कारणले पनि अपेक्षाअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो ।कार्यक्रममा लाभग्राही विद्यार्थी, लाभग्राही परिवारका अभिभावक, सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, विभिन्न विद्यालयका प्रधानाध्यापक
खोर्सानेः मोरङको सुन्दरहरैंचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध (साइबर क्राइम) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले सहजीकरण गर्नुभएको थियो ।प्रहरी निरीक्षक गिरीले साइबर अपराधका विभिन्न प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा साइबर अपराध भएमा अपनाउनुपर्ने कानुनी प्रक्रिया सम्बन्धी जानकारी दिनुभएको थियो ।विद्यार्थीहरूलाई डिजिटल
इटहरीः अन्तर्राष्ट्रिय शिक्षामा सहकार्य विस्तार गर्ने प्रतिबद्धतासहित नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल शाखाको समन्वय र सहजीकरणमा आयोजित एजेण्ट मिट एण्ड ग्रीट कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।नेपालका लागि विश्वविद्यालयका कन्ट्री म्यानेजर सुमन अधिकारीको निमन्त्रणामा आयोजित कार्यक्रममा पूर्वी नेपालका विभिन्न शैक्षिक परामर्शदाता, शैक्षिक परामर्श व्यवसायी तथा कन्सल्टेन्सी सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय मान्यता, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सहायता सेवा तथा साइप्रसमा अध्ययनका विविध अवसरबारे
इटहरी । मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयले विद्यालयलाई थप सहज, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले विद्यार्थी क्लब, समूह तथा अभिभावकसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।विद्यालयले एक सूचना जारी गर्दै साउन १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न समूहसँग अन्तरक्रिया गरिने जनाएको हो । सूचनाअनुसार विद्यालयमा सक्रिय रहेका विद्यार्थी क्लब तथा समूह, कक्षा प्रतिनिधि, मनिटर र अभिभावकसँग छलफल गरी विद्यालय सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन गरिने भएको हो ।आज दिउँसो १ बजे S/k/n Confession and Meme, सुकुना बाल चेतना समूह, कानु