इटहरीः इटहरी उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय आइतबारसम्म बन्द रहने र सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी सूचनाअनुसार अत्यधिक मौसमी प्रतिकूलताका कारण विद्यार्थीको सिकाइ तथा विद्यालयका शैक्षिक गतिविधिमा प्रत्यक्ष असर परेकाले शैक्षिक सत्र २०८३ को बिदाबाट कट्टा हुने गरी साउन १३ गतेदेखि १५ गते (तीन दिन) सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।१६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदाका दिन परेका हुनाले अब सोमबारदेखि मात्रै नगरका विद्यालय सञ्चालन हुने भएका हुन् ।
काठमाडौंः त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्नेको नाम केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सार्वजनिक गरेको छ ।साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा शुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो ।सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर मध्य थिमी–१ मा बस्ने ३३ वर्षीय सन्दीप सिंहको नाम सार्वजनिक गरेको छ ।सो प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले अरु केहीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता नदेखिए
पथरीः मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो । झापाको गौरादह नगरपालिका–४ निवासी अधिकारीलाई शनिबार इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो ।साउन ६ गते बिहान करिब सवा १० बजे अधिकारीले विद्यार्थीलाई कुटेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खट
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशले संगठन विस्तार तथा संस्थागत विद्यालयहरूबीच समन्वय सुदृढ गर्ने भएको छ ।सोही उद्देश्यले शुक्रबार उदयपुरको गाईघाट कोशी प्रदेश अध्यक्ष कमल खनाल, प्रदेश सचिव सुरेन्द्र चौधरी तथा नेसनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसी सहितको टोली पुगेर स्थानीय संस्थागत विद्यालयका सञ्चालक तथा शैक्षिक क्षेत्रका सरोकारवालासँग संगठन विस्तार, आगामी कार्यक्रम तथा शैक्षिक चुनौतीका विषयमा छलफल गरेको छ ।सो छलफलमा उदयपुर जिल्लामा नेसनल प्याब्सनको संगठनलाई थप सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने, निजी तथा आवासीय विद्यालयहरूबीच सहक
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकामा हालै सार्वजनिक भएको सुकुना माध्यमिक विद्यालयसँग सम्बन्धित घटनापछि स्थानीय राजनीतिक दलहरूले विद्यालयको गरिमा, विद्यार्थीको सुरक्षा र निष्पक्ष अनुसन्धानको पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर, जिल्ला र प्रदेशस्तरीय नेताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीर रूपमा लिएको जनाएका हुन् ।उनीहरूले विद्यालयजस्तो पवित्र शैक्षिक संस्थामा भएको घटनाले विद्यार्थी, अभिभावक, शिक्षक तथा समग्र समाजलाई गहिरो पीडा पुगेको उल्लेख गरे
विराटचोकः विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको १२ वर्षअघिको घटना सार्वजनिक भएपछि आरोपित शिक्षकलाई सिद्धार्थ सेकेण्डरी स्कुलले निलम्बन गरेको छ । सो विद्यालयका भाइस प्रिन्सिपल जीवन पौडेल निलम्बनमा परेका हुन् ।विद्यालयका सिनियर भाइस प्रिन्सिपल जेबी राईको हस्ताक्षरमा आज जारी भएको विज्ञप्तिमा विद्यालयको तस्बिर र लेटरहेड राखेर बनाइएको नक्कली फेसबुक पेजमार्फत् घटना सार्वजनिक भएकाले अनुसन्धानमा सहज होस् भनेर शिक्षक पौडेललाई निलम्बन गरिएको उल्लेख छ ।
विराटचोकः शिक्षक तथा कर्मचारीले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यालयका ४ जना शिक्षक र कर्मचारी पक्राउ परेपछि अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्ने सुकुना माविले जनाएको छ ।मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा सार्वजनिक भएको यौनजन्य दुव्र्यवहारसम्बन्धी घटनामा कानुनी अनुसन्धानका लागि पूर्ण सहयोग गरिरहेको विद्यालयले जनाएको छ ।निष्पक्ष छानबिनबाट पीडितले न्याय र दोषीले कानुनअनुसार सजाय पाउनुपर्ने विद्यालयको स्पष्ट धारणा रहेको भनी बुधबार विद्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।सो विज्ञप्तिमा सामाजिक सञ्जालमा सञ्चालित ‘एसकेएन कन्फेसन मिम’ स
इटहरी । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले शपथ ग्रहण गराउनुभएको थियो ।अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो ।
विराटचोकः सुकुना माविमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका सङ्गीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन् । सो प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ ।मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटहरूका आधारमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छदारलाई हिजो बिहान पक्राउ गरेको थियो । घटना सार्वजनिक भएपछि फरार रहेका सङ्गीत प्रशिक्षक भीम नेपाललाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटमध्ये सबैभन्दा दुर्व्यवहारपूर्ण आशयको च्याट नेपालको थियो । उनले एक छात्रालाई ‘मेर
इटहरी । अन्ततः सरकारले निजी शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यस्तो निर्णय लिएको बताइएको छ ।सरकारले दुर्गम र पिछडिएका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो करको अवधारणा अघि सारेको जनाएको थियो । विशेषगरी दलित, सीमान्तकृत तथा विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्ने, स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउन ३ प्रतिशत समता शुल्क प्रस्ताव