विराटचोकः मोरङको सुन्दरहरैँचा–१०, विराटचोकमा रहेको हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।मोरङ क्षेत्र नम्बर ३ का पूर्व सांसद सुनिल शर्माको अगुवाइ तथा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा आयोजित शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए ।विद्यार्थीहरूमा देखिन सक्ने आँखा तथा दन्तसम्बन्धी समस्याको पहिचान, आवश्यक परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो । व्यस्त दैनिकी तथा आर्थिक कारणले नियमित स्वास्थ्य परीक्षण गर्न नसक्नेहरूका लागि विद्यालयमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा उ
लेटाङः मोरङ १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले प्रतिनिधि सभामा लेटाङ– ८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ ।नगर प्रमुख भुपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा मोरङ क्षेत्र नं. १ का सांसद न्यौपानेको उक्त दाबीलाई तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भन्दै पूर्ण रूपमा खण्डन गरिएको छ ।नगरपालिकाका अनुसार जाँते स्वास्थ्य चौकीमा पछिल्लो समय ल्याब सेवा लिने सेवाग्राहीको सङ्ख्यामा कमी आएकाले ल्याब सेवा प्रवाहको विषयमा कार्यपालिका बैठकबाट एक अध्ययन समिति गठन गरेको विषयलाई सेवा नै बन्द गर
इटहरी । लायन्स क्लब अफ गोठगाउँ रोयल सिटी, सुन्दरहरैँचा–७, मोरङले आफ्ना सदस्य, सदस्यका परिवार तथा क्लबको सिफारिशमा उपचारका लागि जाने सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई प्रमुख मेडिकल कलेजसँग सम्झौता गरेको छ ।क्लबले विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) सँग स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउनेसम्बन्धी छुट्टाछुट्टै सम्झौता गरेको हो ।सम्झौताअनुसार नोबेल मेडिकल कलेजमा क्लबको सिफारिशमा उपचारका लागि जाने बिरामीले सरकारी स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, आमा सुरक्षा, व
गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, सुन्दरहरैचामा एनेस्थेसिया विभागमा विशेषज्ञ चिकित्सक नियुक्त गरेर मेजर अपरेशन सेवा सञ्चालनमा आएको छ । अस्पतालमा भेन्टिलेटर सेवा समेत विस्तार गरिएको छ ।प्रसूति सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको बताइएको छ । यसै वर्षदेखि आई.सी.यू., एन.आई.सी.यू. र पी.आई.सी.यू. सेवा समेत सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद गणेश कार्कीले जनाउनुभएको छ ।सांसद कार्कीका अनुसार सहुलियत यातायात सेवा पनि सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षण अस्पताल, कर्मचारी सबैको सहकार्यमा नयाँ सेवा बिस्तारको काम भइरह
विराटनगरः नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले कोशी प्रदेश सरकारसमक्ष आयुर्वेद क्षेत्रको विकास र कर्मचारीको वृत्तिविकाससहित ५ बुँदे माग राखेको छ । समाजका कोशी प्रदेश अध्यक्ष वैजनाथ साह नेतृत्वको टोलीले प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. कीर्तिपाल सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै माग पूरा गर्न आग्रह गरेको हो ।प्रदेश सरकारले आयुर्वेदको दिगो विकासका लागि स्पष्ट गुरुयोजना र रणनीति तयार गर्नुपर्ने समाजको मुख्य माग छ । ज्ञापनपत्र बुझाउने क्रममा समाजकी मोरङ जिल्ला अध्यक्ष सरिता श्रेष्ठले प्रदेशमा आयुर्वेद क्षेत्र उपेक्षित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।यी हुन्
लेटाङः इलाका प्रहरी कार्यालय, लेटाङको हिरासत कक्षमा सञ्चालित हिरासत पुस्तकालयका लागि लेटाङ एडभान्स हस्पिटल प्रालिले पुस्तक सहयोग गरेको छ ।हस्पिटलका सञ्चालक ईश्वर शाक्यले सोमबार विभिन्न विधाका १५ थान पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो । हिरासतमा रहेका थुनुवाहरूमा सकारात्मक सोचको विकास, ज्ञान अभिवृद्धि तथा असल आचरण र व्यवहार परिवर्तनमा मद्दत पुगोस् भन्ने उद्देश्यले ती पुस्तकहरू प्रदान गरिएको अस्पतालले जनाएको छ ।सामाजिक उत्तरदायित्व बहन गर्दै पुस्तक सहयोग गर्नुभएकोमा इलाका प्रहरी कार्यालय, लेटाङले अस्पताल सञ्चालक शाक्यप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको थियो ।
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशप
काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन् ।केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जीतजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए ।निर्वाचनभन्दा केही दिन अघि देउवा गत फागुनमा उपचारका लागि भनेर सिंगापुर र हङकङ बसेका थिए । हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन् ।देउवालाई बाजागाजासहित स्वागत गरि
उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकावासीले विराटनगर–४, कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारमा सहुलियत पाउने भएका छन् ।नगरपालिका र सो हस्पिटलबीच नगरवासीलाई उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार उर्लाबारी नगरपालिकामा बसोबास गर्ने नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा तोकिएका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।सम्झौतामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राई र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ । सो कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत नवीन दाहाललगायतको उपस्थिति थियो ।नेपाल सरकारबाट
गोठगाउँः अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैंचाले आज सुन्दरहरैंचा–७ गोठगाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको रास्वपा सुन्दरहरैंचा नगर समिति सभापति टेकमणि न्यौपाने (विवेक) ले जानकारी दिनुभयो ।अस्पतालमा रगतको अभाव रहेको अवस्थालाई बुझेर रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।