स्वास्थ्य

    Showing २१-३० of १८९ items.
  • मृगौलियामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय जना लाभान्वित

    मृगौलियाः गछिया जेसीज र मृगौलिया स्वास्थ्य चौकीको आयोजनामा मोरङको सुन्दरहरैँचा–२ मृगौलियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्राविधिक सहयोग गरेको शिविरमा स्थानीय ४ सय नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजक गछिया जेसीजले जनाएको छ ।शिविर कार्यक्रममा गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन), सुन्दरहरैँचा–२ का वडाध्यक्ष विवश प्रधान तथा प्रमुख अतिथि सामाजिक व्यक्तित्व देवराज तामाङ लगायतले स्वास्थ्य सेवा, युवाको भूमिका र सामाजिक उत्तरदायित्वका विषयमा धारणा राख्नुभएको थियो ।

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १२५ पटक पढिएको
  • नोबेलमै हुने भयो जलनको उपचार

    विराटनगरः नोबेल मेडिकल कलेजले आगो, तातो पदार्थ वा विद्युतीय दुर्घटनाबाट गम्भीर घाइते भएका बिरामीको उपचार गर्ने भएको छ ।विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा प्रदेशकै पहिलो अत्याधुनिक ‘बर्न युनिट’ (जलन उपचार कक्ष)को कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा.डा. शंकरमान राईको पनि उपस्थिति रहेको थियो ।अस्पतालले आगलागी तथा अन्य कारणले जलनमा परेका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्न तत्कालका लागि तीन शैय्याको अत्याधुनिक बर्न युनिट सञ्चालनमा ल्याएको अस्पतालका व्यवस्थापक दीपेश राईले जानका

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १९२ पटक पढिएको
  • आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल

    काठमाडौंः हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले आईपीओ निष्काशनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ ।साउन ५ गते बसेको अस्पताल सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजे वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो ।सो सभामा सर्वसाधारण समूहलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने, आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र अस्पतालको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा आईपीओ निष्काशनका लागि फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हु

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १८१ पटक पढिएको
  • आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने

    इटहरीः तरहरा साइक्लिङ क्लबले पाँचौँ संस्करणको ‘तरहरा कोरा २०२६’  शनिबार आयोजना गर्ने भएको छ । स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने उद्देश्यसहित आयोजना हुने सो च्यारिटी साइकल यात्रामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने आयोजकको अनुमान छ ।‘तरहरा कोरा’ केवल साइकल यात्रा मात्र नभई स्वस्थ जीवनशैलीको प्रवद्र्धन, वातावरण संरक्षण, स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार तथा सामाजिक सेवासँग जोडिएको अभियान भएको कार्यक्रम संयोजक मदन बस्नेत बताउनुहुन्छ ।कार्यक्रमबाट सङ्कलित च्यारिटी रकम य

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १९९ पटक पढिएको
  • नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता

    विराटनगरः नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्नेछन् ।सम्झौताले राष्ट्रको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सेवाका क्रममा स्वास्थ्य समस्या आइपर्दा समयमै उपचार उपलब्ध गराउने र आवश्यक स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइएको अस्पतालले जनाएको छ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १८० पटक पढिएको
  • चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय

    इटहरी ।  अन्ततः सरकारले निजी शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यस्तो निर्णय लिएको बताइएको छ ।सरकारले दुर्गम र पिछडिएका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो करको अवधारणा अघि सारेको जनाएको थियो । विशेषगरी दलित, सीमान्तकृत तथा विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्ने, स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउन ३ प्रतिशत समता शुल्क प्रस्ताव

    • प्रकाशित मितिः साउन ५, २०८३
    • १६० पटक पढिएको
  • आर्या न्युरोमा अत्याधुनिक ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा शुरु

    विराटनगरः विराटनगरस्थित आर्या न्युरो हस्पिटलले मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले दुर्बिन (एन्डोस्कोप) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा शुरु गरेको छ ।अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु–भी–ई’ (UVE – Unilateral Biportal Endoscopic Discectomy) प्रविधि भित्र्याएको हो । यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी मेरुदण्डको जटिल शल्यक्रिया गरिने अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालले जानकारी दिनुभयो ।यो प्रविधि मेरुदण्डको उपचारमा निकै प्रभावकारी र बिरामीमैत्री रहेको बताउँदै सो प्रविध

    • प्रकाशित मितिः साउन १, २०८३
    • १७३ पटक पढिएको
  • मन्त्रीको निर्देशनपछि डोजर चलाइयो कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा

    विराटनगरः कोशी अस्पताल विराटनगरले अस्पतालको जग्गामा निर्मित अनाधिकृत २६ वटा सटर सोमबार बिहानैदेखि डोजर प्रयोग गरी भत्काएको छ ।गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनपछि अस्पताल प्रशासनले सो कारबाही अघि बढाएको हो । अस्पतालको जग्गामा रहेका ती संरचनाहरू विभिन्न संस्थाहरूले भाडामा लगाएका थिए ।विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए । ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा पनि लगाए

    • प्रकाशित मितिः असार २९, २०८३
    • १७४ पटक पढिएको
  • बीपी प्रतिष्ठान धरानकी नवनियुक्त उपकुलपति कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    धरानः हालै नियुक्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष नवनियुक्त उपकुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिशसम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिश समितिको सिफारिशका आधारमा कार्कीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

    • प्रकाशित मितिः असार २७, २०८३
    • २१४ पटक पढिएको
  • विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा

    विराटचोकः आजदेखि मोरङको सुन्दरहरैंचा–१०, विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ ।सो मेडिकल हलको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको थियो । मेडिकल हलमा विशेषज्ञ चिकित्सकको परामर्श, प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध गराइने सञ्चालक कविताकुमारी साहले जानकारी दिनुभयो ।सञ्चालकका अनुसार उद्घाटनको अवसरमा साउन महिनाभर विशेष छुटको व्यवस्था गरिएको छ । जसअन्तर्गत भिटामिन डी, भिटामिन बी, बी–१२ र थाइराइड परीक्षणमा ५० प्रतिशत छुट दिइने भएको छ । रगत र मधुमेह (सुगर) परीक्षण १० रुपैयाँमै उपलब्ध गराइने सञ्चा

    • प्रकाशित मितिः असार २७, २०८३
    • २३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल