गण्डकी । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएका बताउनुभएको छ । कानुनी युवा मञ्च (फ्लाई)द्वारा आज यहाँ आयोजित ‘दक्षिण एसियाली जलवायु न्याय फेलोसिप तथा क्याम्प’मा उहाँले जलवायु परिवर्तनका असरबारे विभिन्न कार्यक्रममार्फत विश्व समुदायलाई सचेत गराइए पनि सोचेअनुसार प्रगति हासिल गर्न नसकिएको उल्लेख गर्नुभयो । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एसियाली राष्ट्र परेका भट्टको भनाइ छ । जलवायु परिवर्तनको मूल कारक नेपालजस्ता मुलुक नभए पनि यसको असर विकासोन्मुख मुलुकमा पर्ने उहाँल
विराटनगर - पूर्वाञ्चलको स्वास्थ्य सेवा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ—बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शैय्याको अत्याधुनिक भवन मंगलबारदेखि सञ्चालनमा ल्याएको छ।महिला स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारलाई लक्षित गर्दै निर्माण गरिएको यो नयाँ भवनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरेका हुन्।अत्याधुनिक सुविधानयाँ भवनमा ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० डिलक्स क्याबिन, छुट्टै गाइनो–आइसीयू, स्त्री तथा प्रसूति आपतकालीन सेवा र
भोजपुर । टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो ।सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ ।“गाउँपालिकामा सुविधासम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ”, उपाध्यक्ष राई
पर्सा । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालहरूमा दुई दिनका पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा
विराटनगर - न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०५७ साल भाद्र ८ गते न्यूरो डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका रूपमा डा. विरेन्द्र कुमार विष्टको पहलमा स्थापना भएको यो स्वास्थ्य संस्था अहिले देशकै अग्रणी सुपरस्पेशियालिटी अस्पतालका रूपमा विकसित भइसकेको छ।अस्पतालले २५ वर्षको यात्रामा २५ लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको छ। यस अवधिमा ७५०० भन्दा बढी न्युरो सर्जरी, ५००० भन्दा बढी मुटु सम्बन्धी प्रक्रिया र ६००० भन्दा बढी हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।अस्पतालका संस्थापक एवं वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्
विराटनगर – ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा दादी प्रकाशमणिजीको पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल–भारतभर एकसाथ बृहत् रक्तदान अभियान हुने भएको छ।नेपालतर्फ यस अभियानको नेतृत्व विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले गर्नेछ। भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) सञ्चालन हुने कार्यक्रममा करिब १ लाख यूनिट रक्त संकलन गर्ने लक्ष्य राखिएको मिडिया संयोजक विनोद अग्रवालले जानकारी दिए।?नेपाल र भारतका हजारौँ ब्रह्माकुमारी सदस्यहरू, सामाजिक संस्था तथा सङ्घ–संगठनहरूको सक्रिय सहभागिता रहने यस अभियानको नारा “रगत दान, जीवन दान” राखिएको छ। आयोजकहरूले सम्पूर्ण इच्छुक रक्तदातालाई स
चितवन । चितवनमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गतेसम्म नमुना परीक्षणमा नौ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएकामा यीमध्ये तीन संक्रमितको मृत्यु भएको हो। जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ।त्यसैले लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकले सुझाव दिएका छन्। अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता ह
चितवन । पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो ।रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो। उहाँले भन्नुभयो, “मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन् ।” अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उहाँले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताउनुभयो ।मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईंका अनुसार रिमालको फार्ममा रहेका चारवटा घारमा सुलसु
बागलुङ । कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ । यस अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ । का
धनुषाधाम । मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो । यससँगै प्रदेशमा बिमा गराउनेको सङ्ख्या करिब १३ प्रतिशत पुगेको छ ।मधेस प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसङ्ख्या रहेको छ । उहाँले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक