नेपालको उत्कृष्ट अनलाइन बजार दराजले आइएमई पेसँग हरेक आइतवार आइएमई पे डेज सुरु गर्ने सम्झौता गरेको छ । यससँगै दराज र IME Pay प्रयोगकर्ताहरूले आफ्नो IME Pay वालेट मार्फत भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। दराजका ग्राहकहरूले आफ्नो IME Pay भिसा कार्ड मार्फत भुक्तानी गर्दा १०% (अधिकतम रु ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्।


यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले  हस्ताक्षर गरेका छन् ।

“आइएमई पे डे घोषणा गर्न IME Pay सँग साझेदारी गर्न पाउँदा हामी धेरै उत्साहित छौं। यस साझेदारीको मुख्य उद्देश्य ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि थप कारणहरू प्रदान गर्नु हो र साथै नेपाली ई-कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्नु पनि हो।”- अरुण फुयाँल, डिजिटल भुक्तानी र साझेदारी प्रमुख। दराज नेपाल


ग्राहकहरूले IME Pay वालेट वा IME Pay भिसा कार्ड भाउचरहरू दराज एप वा वेबसाइट मार्फत सङ्कलन गर्नुपर्छ। संकलित भाउचरहरू चेकआउटको समयमा स्वतः लागू हुनेछन्।