काठमाडौं । आज सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेर १ लाख १ लाख ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।
यस्तै, आज तेजाबी सुन तोलामा १ लाख रुपैयाँ कायँम भएको छ ।
त्यस्तैँ, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १ हजार ३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


















