काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार ९६ हजार ३०० रुपैैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।