संखुवासभा । संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिका–९ पिलुखोलाका २१ वर्षीय दिपक शेर्पा पक्राउ परेका छन् । 

मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।