इटहरी । इटहरीको बुढी गंगा जमुना मुक्ति धाममा आज साउनको अन्तिम सोमबार महाशिव गंगा आरती गरिएको छ ।
शिव सेना नेपालको आयोजनामा यहि साउनबाट सुरु गरिएको आरती अब प्रत्येक सोमबार गरिने भएको छ ।
आज पितृहरुको नाममा १२ लाख दीप प्रज्वलन गरिएको आयोजक हिरा आचार्यले बताए । आरती कार्यक्रममा इटहरी आसपासका भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


















