काठमाडौं । भगवान शिवको आराधना गर्दै यस वर्षको साउने सोमबारको ब्रत आज सकिदैछ । महिनाको अन्तिम सोमबार आज ब्रतालुहरुले दान दक्षिण गर्दै ब्रत समाप्त गरेका हुन् ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । दान धर्म र ब्रतले गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
बोलबम तीर्थालुहरुको पनि पशुपतिलगायत देशभरका शिवालयमा घुइँचो छ ।


















