मोरङ । तेह्रथुमको आठराई गाउँपालिकामा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार मंगलबार राति अरिंगालले टोकेर गम्भीर घाइते भएका चुहानडाँडास्थित हिलेका २८ वर्षीय मिलन कान्दङवाको मृत्यु भएको हो।
 
अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका कन्दङवाको झापाको बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।