काठमाडौं । आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक(दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।
यस्तै, शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।


















