इटहरी । धरान उपमहानगरपालिका ८ विश्वकर्मा मन्दिर नजिक दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ । 

बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार इटहरी वडा नं.११ का सुरज दाहालको मृत्यु भएको हो । 

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले बुधबार साँझ ५ः१५ बजेतिर ठक्कर दिएको थियो । 

ठक्करपछि गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी ११ का सन्तोष दाहाल भने घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

गाडी र चालक संखुवासभाको चिचिला गाउँपालिका ५ का ३३ वर्षीय गङ्गाबहादुर पाँचकोटीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।