काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
काँग्रेसका नेता गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।
सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
उनको अन्त्यष्टी आजै पशुपति आर्यघाटमा गरिने भएको छ । अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ । त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ ।


















