काठमाण्डौ / दार्चुलामा डेंगु संक्रमणका कारण पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु  हुनेमा मालिकार्जुन गाउँपालिका–४ की पाँच वर्षीया उसा धामी रहेकि छिन् । 

उनको शंकरपुर स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।मंगलबार स्वास्थ्य चौकी शंकरपुरमा भर्ना भएकी ती बालिकाको डेंगु संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ । 

जिल्ला अस्पताल दार्चुलामा भदौ २० गते चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । 

जिल्ला अस्पताल दार्चुलाका अनुसार ल्याब परिक्षण गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । अहिले जिल्ला अस्पतालमा डेंगुका १० जना बिरामी  भर्ना भएका छन् ।