इटहरी । इटहरीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा इटहरी १० आमझोकी बस्ने ४० वर्षीय राजेन्द्र सरदार रहेका छन् ।
मंगलबार राति ११ बजेतिर इटहरी १० आमझोकीस्थित भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ ह ६४३२ नम्बरको टेम्पो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी टेम्पोमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय राजेन्द्र सरदार गम्भीर घाइते भएका थिए । उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा राति १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेम्पो र चालक इटहरी १० कै २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरी चौकी खनारले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


















