बागलुङ । गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जैमिनी नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की रहेका छन्। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो।
प्रहरीका अनुसार डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धान गरिरहेको छ ।


















