विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा  झापाको दमक नगरपालिका–४ का ३० वर्षीय विशाल सिटौला रहेका छन् । 

हिजो (बिहिबार) साँझ मे १ च ४१७१ नम्बरको भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट विशाल गम्भीर घाइते भएका थिए । 

उनको उपचारका क्रममा उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाइएको छ ।दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।