इटहरी । प्रहरीले इटहरीबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक १ का मदन लिम्बू रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति ८ बजेतिर इटहरी ४ मा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा लिम्बूलाई पक्राउ गरिएको हो । 

उनले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा लुपिजेसिक ४६ एम्पुल, डाइजेपाम ८६ एम्पुल, फेनारेगन ४६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । 

लागूऔषधसहित पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान भइरहेको छ ।