इटहरी । इटहरी उपमहानगरपालिकाले नियमविपरीत लिइएको सामाजिक सुरक्षा भत्ता फिर्ता मागेको छ ।
सरकारी कोषबाट नियमित तलब, भत्ता तथा निवृत्तभरण सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था भएको भन्दै आफूले बुझेको रकम फिर्ता गर्न १५ दिने सुचना जारी गरेको छ ।
फागुन मसान्तभित्र वडा कार्यालयमा गइ भत्ता फिर्ता नगरे रकम असुल्नुका साथै विगो बराबरको जरिवानासमेत असुल्ने चेतावनी दिएको छ ।
‘सामाजिक सुरक्षा ऐन २०७५ को दफा २१ को उपदफा ९२० तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ३३ को उपदफा (३)बमोजिम भुक्तानी लिएको रकम असुलउपर गरी बिगो बराबर जरिवानासमेत हुने भएकाले तोकिएको मितिभित्र रकम फिर्ता गर्नु÷गराउनु हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’ सुचनामा भनिएको छ ।



















