धरान । सशस्त्र प्रहरीको टोलीले ठुलो परिणाममा लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा धरान १६ सुनौलो बस्तीका १८ वर्षीय राजेश परियार रहेका छन् । उनलाई बुधवार राती उनैको घरबाट लागुऔषध सहित पक्राउ गरिएको हो ।

परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाँजा ५० ग्राम र  घरेलु हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार धरान लागूऔषध कारोबारको अखडा बनेपछि सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ । सोही टोलीले परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।