धनकुटा । बालबिबाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।

धनकुटा नगरपालिका–४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ ।

गत वैशाख १ गते नरेश र सफताले भागेर बिबाह गरेको बताइएको छ । 

धनकुटा प्रहरीले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।