सुनसरी । सुनसरीको इटहरी–१२ मा प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुर्नेमा इटहरी–११ का ६० वर्षीय भरत दाहाल रहेका छन् ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलले सडक पार गर्दैगर्दा साइकलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परेर घाइते भएका साइकलयात्री दाहालको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा दाहाल गम्भीर घाइते भएका थिए।
प्रहरीले मोटरसाइकल चालक सुनसरीको रामधुनी–७ का २२ वर्षीय विशान सुन्दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
सुन्दास नेपाल प्रहरीका जवान हुन्। उनी सुनसरीको दुहवीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।


















