काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा)ले मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलो उडान भरेको छ । एयरलाइन्सले क्वालालम्पुर–भैरहवाको नियमित उडान सुरु गरेको हो । 

ठूलो लगानी गरेर निर्माण भएको विमानस्थलमा उडान हुन नसक्दा ठूलो नोक्सानी भएको भन्दै सरकारको आलोचना भइरहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहाक नेपाल वायुसेवालाई भैरहवाबाट उडान भर्न लगाएको हो । 

भैरहवा विमानस्थल व्यवसायिक सञ्चालनमा आएको एक बर्ष भएको भइसकेको छ । नेपाल एयरलाइन्सको न्यारोबडी विमानले ९० जना यात्रु लिएर भैरहवामा अवतरण गरेको थियो ।