काठमाडौँ । लामो समयपछि गायक उदय सोताङ र मनिला सोताङको युगल गीत सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा सफल गायन जोडीको रुपमा चिनिएका उदय र मनिलाको स्वरमा ‘जालहारी ठूली’ बोल गीत आएको छ । 

लोकशैलीको ‘जालहारी ठूली’ गीतको शब्द युकेमा रहेका मिलन नाल्बोले लेखेका हुन् । पुष्पराज बरालको संगीत र पवन भाटको संगीत संयोजन रहेको गीतको भिडियोलाई सांग्रिला क्रियशनले निर्माण गरेको हो । गीतको भाव अनुसार गाउँले परिवेश भिडियोमा उतारिएको छ ।

बेदना थुलुङ र दिनेश कायस्थको अभिनय रहेको भिडियोमा उदय र मनिला पनि देखिएका छन् । सुजन तोलङ्गीले छायाँकन गरेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।

भिडियो: