खोटाङ । खोटाङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राई रहेका  छन् ।

राईले २८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजीत फरार रहेको भन्ने खबर प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धान गरी आरोपित विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।