पाँचथर । पाँचथरको याङवरक–५ कुवापानीका १९ वर्षीय किशोरको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको  छ । ज्यान गुमाउनेमा स्थानीय धनबहादुर काम्बाङका छोरा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार साथीहरुसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरी गएका काम्बाङको पौडिन नजान्दा डुबेर मृत्यु भएको हो ।

उनी साथीहरुसँग पोखरीमा पौडी खेल्न गएका थिए । काम्बाङको शव बिहीबार बिहान पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।